जगदुल्ला जलविद्युत आयोजनामा कर्णाली सरकारले ११ करोड बढी लगानी गर्ने

कर्णाली अनलाइन २६ चैत्र २०७८, शनिबार १२:४०

सुर्खेत।कर्णाली प्रदेश सरकारले डोल्पामा निर्माण हुन लागेको जगदुल्ला जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको छ । चैत २५ गतेको मन्त्रिपरिषद् बैठकले जगदुल्ला हाईड्रोपावर कम्पनी लिमिटेडको ११ लाख ७१ हजार ५०० कित्ताशेयर किन्ने निर्णय गरेको हो ।

प्रदेश सरकारले कर्णालीमा निर्माण हुने ठुला विद्युत परियोजनामा शेयर साझेदारी गर्ने नीति अनुसार जगदुल्ला जलविद्युत आयोजनामा शेयर साझेदारी गर्ने भएको हो । उक्त कित्ताशेयर किन्नका लागि ११ करोड ७१ लाख ५० हजार रुपैयाँ बजेट व्यवस्था गर्न जलस्रोत तथा उर्जा विकास मन्त्रालयलाई जिम्मा दिएको छ ।

१०६ मेगावटको उक्त आयोजनाका लागि उक्त कित्ताशेयर स्वीकार गरी शेयर बापतको रकम सम्वन्धमा अन्य शेयर होल्डरको योगदान वा शेयर बापत जम्मा भएको रकमको आधारमा समानुपातिक रुपमा शेयर रकम भुक्तानी गर्ने सुनिश्चितताको प्रतिवद्घता गर्ने र यस विषयमा पत्राचार, अभिलेख, शेयर प्राप्ती र शेयर बापतको रकम भुक्तानी लगायतका आवश्यक कार्यहरुको व्यवस्था गर्न जलस्रोत तथा उर्जा विकास मन्त्रालयलाई जिम्मेवारी दिइएको सरकारका प्रवक्ता एवंम आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले जानकारी दिए ।
यस्तै दैलेखको अपर पराजुली खोलामा सम्पन्न भएको २.१५ मेगावाटको जलविद्युत आयोजनामा प्रदेश सरकारले लगानी बमोजिम पाँच करोड सुनिश्चित गर्ने बैठकले निर्णय गरेको छ ।

यस्तै बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक कर्णाली प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ । बैठकले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति, २०७८ स्वीकृति गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेत उद्याेग बाणिज्य संघको निर्वाचन बैशाख ४ गते तोकियो (कार्यतालिका)

२६ चैत्र २०७८, शनिबार १२:४०
सुर्खेत । सुर्खेत उद्याेग बाणिज्य संघकाे निर्वाचन मिति ताेकिएकाे छ । यसअघि आज गर्ने भनिएकाे निर्वाचन असन्तुष्ट व्यापारीहरुले अदालतमा रिट दायर गरेपछि राेकिएकाे थियाे । तर अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि निर्वाचन समितिले नयाँ मिति ताेकेकाे हाे । अब आगामी बैशाख ४ गते निर्वाचन मिति ताेकिएकाे छ । आइतबार १० […]