प्रतिनिधि सभाका उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ता

कर्णाली अनलाइन ३० असार २०७९, बिहीबार ११:०२

काठमाण्डाै । पद रिक्त भएको साढे दुई वर्षपछि प्रतिनिधि सभाका उपसभामुख चयनको प्रक्रिया अघि  बढेको छ ।प्रतिनिधि सभा सचिवालयले सार्वजनिक गरेको तालिका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय तोकिएको छ ।

सत्ता गठबन्धनमा आबद्ध दलबीचको राजनीतिक समझदारीपछि सभामुख अग्निप्रसाद सापकोटाले हिजो चुनावी कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएपछि सचिवालयले तालिका सार्वजनिक गरेको हो । आजै उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

कार्यतालिकाअनुसार भोलि दिउँसो तीन बजे बस्ने प्रतिनिधि सभामा उपसभामुख चयनको प्रस्तावमाथि मतदान हुनेछ । एक जनाको मात्र प्रस्ताव परेमा निर्विरोध चयन हुनेछ । २०७६  साल माघ ६ गते तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि २९ महिनासम्म यो पद रिक्त थियो ।

तत्कालीन सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार  बनाउने निर्णय गरेपछि तुम्बाहाङ्फेले राजीनामा दिनुभएको थियो । प्रतिनिधि सभाको सभामुख तथा उपसभामुख फरक दल र फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

यो व्यवस्थाअनुसार अब माओवादी केन्द्रबाहेकका दलबाट महिला नै उपसभामुखको उम्मेदवार  हुनेछन् । प्रतिनिधि सभा चुनावको मिति घोषणाको तयारी  भइरहँदा उपसभामुख चयनमा दलहरू सहमत भएका हुन् । यसअघि सङ्घीय संसदमा सभामुखमा कृष्णबहादुर महरा र उपसभामुखमा  तुम्बाहाङ्फे  निर्वाचित  हुनुभएको थियो । उज्यालो


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेखको गुराँस गाउँपालिकामा गोली चल्दा ७ जना घाइते

३० असार २०७९, बिहीबार ११:०२
दैलेख।दैलेखको गुराँस गाउँपालिकामा प्रहरीले गोली चलाएको छ। गाउँपालिकाले करार कर्मचारी हटाउने विषयमा विवाद भएपछि प्रहरीले गोली चलाएको हो। दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलका अनुसार गाउँपालिकाले करार कर्मचारी हटाएको विषयमा विवाद हुँदा प्रहरीले ३ राउन्ड हवाई फायर गर्नु परेको बताए। आन्दोलनकारीको आक्रमणबाट गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीसहित ७ जना सुरक्षाकर्मी घाइते […]

सम्बन्धित शीर्षक