दैलेखको गुराँस गाउँपालिकामा गोली चल्दा ७ जना घाइते

कर्णाली अनलाइन ३२ असार २०७९, शनिबार ०७:०३

दैलेख।दैलेखको गुराँस गाउँपालिकामा प्रहरीले गोली चलाएको छ। गाउँपालिकाले करार कर्मचारी हटाउने विषयमा विवाद भएपछि प्रहरीले गोली चलाएको हो।

दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलका अनुसार गाउँपालिकाले करार कर्मचारी हटाएको विषयमा विवाद हुँदा प्रहरीले ३ राउन्ड हवाई फायर गर्नु परेको बताए।

आन्दोलनकारीको आक्रमणबाट गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीसहित ७ जना सुरक्षाकर्मी घाइते भएका प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताएका छन्। आन्दोलनकारीले ढुङ्गामुढा गरेपछि घाइते भएका ७ जना सुरक्षाकर्मीमध्ये ५ जनाको अवस्था गम्भीर रहेको दैलेखका प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारत भ्रमण अपेक्षानुसार सफल भयो : प्रचण्ड

३२ असार २०७९, शनिबार ०७:०३
काठमाडौं।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण अपेक्षाअनुसार सफल भएको दाबी गरेका छन्। साथै भारतीय प्रधानमन्त्री मोदीसँग भेट रद्द भएको कारण आफूले थाहा नपाएको बताए। भारतको तीनदिने सद्‌भावना भ्रमण गरेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग अध्यक्ष दाहालले यस्तो बताएका हुन्। उनले पहिला प्रधानमन्त्री भएर जाँदा र अहिले जाँदा सुरक्षामा […]