जिल्लाको उत्तरीभेग सगै सिमीकोट आसपासमा हिमपात

कर्णाली अनलाइन १७ मंसिर २०७८, शुक्रबार ०४:३२

धन बहादुर भण्डारी

हुम्ला। मंगलबार रातिदेखि जिल्लाको मौसममा फेरवदल आएसँगै हुम्लामा विहीवार रातीदेखी उत्तरीभेग सगै सिमीकोट आसपासमा हिँमपात भएको छ । बुधबार विहानदेखि हुम्लामा बाक्लो बादल लागि रहेको थियो भने बिहिबार विहान देखि सिमकोट सहित तल्लो भेगमा पानी सगै हिँउ परिरहेको छ ।

उत्तरीभेग सगै जिल्लाको सदरमुकाम नजिकै सम्म हिमपात भईरहेको छ । चिसो मौसम शुरु भएसँगै सदरमुकाम वासीले बाक्लोबाक्लो कपडा लगाउन थालेका छन् । दिनमा भन्दा बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको यहाँका स्थानीयले बताएका छन् । चिसो बढेसँगै सदरमुकाम सिमकोटमा बसोबास गर्नेले बाक्लो कपडाको खरिद गर्न थालेका छन । चिसोको समयमा यहाँ बाक्लो ज्याकेट, ऊनको टोपी, हातमा पञ्जा, गलबन्दीलगायत बाक्लो कपडा खपत हुने गरेको छ ।

सिमकोटमा रहेका पसलमा बाक्लो कपडाको खोजी गर्नेको सख्या बढ्नुका साथै यहाँका स्थानीयले बाक्लो कपडाको खरिद गर्न थालेका छन् । दिउँसो घाम राम्ररी लागे पनि चिसो हावाको चाप बढ्दै गएको महसुस गरिएको यहाँ स्थानीय गोरासिंह भण्डारीले बताउनुभयो । चिसोको समय शुरु भएसँगै सिमकोटमा बसोवास गर्दै आएका तल्लो गाउँ, माथिल्लो, बजारवासी र कर्मचारी, विद्यार्थीले दाउराको समेत खरिद गर्ने गर्दछन् । चिसो याम शुरु भएसँगै न्यानो भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

जिल्ला सदरमुकाम सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई काम गर्न समस्या समेत बनाएको छ । सदरमुकाम सिमकोट सहित आसपासका क्षेत्रमा विहानदेखि निरन्तर पानी परिरहेको छ भने उत्तरी हुम्लामा हिमपात भईरहेको छ । मौसममा फेरवदल आउँदा सिमकोटमा चिसो बढेको हो । चिसोका कारण कमै मात्र सेवाग्राही सेवा लिन आएको विभिन्न कार्यालयका कर्मचारीले बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कक्षा १२ को नतिजा आज प्रकाशित गर्ने तयारी

१७ मंसिर २०७८, शुक्रबार ०४:३२
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार प्रकाशित गर्ने भएको छ। नतिजा प्रकाशनको अन्तिम तयारीका लागि भन्दै बिहान ९ बजेपछि बोर्डको बैठक डाकिएको हो। नतिजा प्रकाशन गर्ने तयारी पूरा भएको बोर्डले निर्णय गरेपछि सार्वजनिक हुने बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए।कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज […]