कक्षा १२ को नतिजा आज प्रकाशित गर्ने तयारी

कर्णाली अनलाइन १७ मंसिर २०७८, शुक्रबार ०४:५५

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार प्रकाशित गर्ने भएको छ। नतिजा प्रकाशनको अन्तिम तयारीका लागि भन्दै बिहान ९ बजेपछि बोर्डको बैठक डाकिएको हो।

नतिजा प्रकाशन गर्ने तयारी पूरा भएको बोर्डले निर्णय गरेपछि सार्वजनिक हुने बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए।कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो। त्यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो।

यसअघि वैशाखमा परीक्षा गर्ने तयारी थियो। विद्यार्थीले पढेकै विद्यालयमा परीक्षा केन्द्र कायम गरी लिइएको परीक्षामा ३ लाख ७१ विद्यार्थी सहभागी थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कक्षा १२ को नतिजा सार्वजनिक

१७ मंसिर २०७८, शुक्रबार ०४:५५
काठमाडौँ ।कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको शुक्रबार बिहान बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा १२ को नतिजा सार्वजनिक गरिएको हो । कोरोना भाइरसको महामारीका कारण परीक्षाको […]

सम्बन्धित शीर्षक