कालिकोटको रास्कोटमा बोलेरो जिप दुर्घटना

कालिकोट संवाददाता २ मंसिर २०८०, शनिबार ११:२६

कालिकोट। जिल्लाको रास्कोट नगरपालिका वडा न २ को बुढी साइनमा बोलेरो जिप दुर्घटना भएको छ। शनिवार लालीघाटबाट रास्कोट नगरपालिकाको सेराबजार तर्फ जादैँ गरेको क.प्र.००२ –००१ ज ०५८२ नम्वरको डवल क्याप बोलेरो जिप दुर्घटना भएको छ।

जिप दुर्घटनामा दैलेख जिल्लाको चामुण्डा बिन्दासैनि नगरपालिका वडा नम्वर ९ घर भएका चालक लोकेन्द्र बहादुर थापा सामान्य घाइते भएका छन।जिपमा सवार डाइमन शाहीलाई केही नभएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

जिप शनिवार बिहान ५ः३० बजे दुर्घटना भएको र जिपको अगाडीको टायर निस्केर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।जिप सडकदेखी अन्दाजी ५० मिटर तल खसेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रहरीमाथि आक्रमण गर्ने १४ जना पक्राउ

२ मंसिर २०८०, शनिबार ११:२६
काठमाडौं । शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा प्रहरीसँगको झडपमा संलग्न भएको भन्दै प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । शुक्रबार राति चार जना र आज बिहान १० जना गरी १४ जनालाई प्रहरीले पक्राउ गरेको हो । आज बिहान पक्राउ पर्नेमा तामाकोशी हाइड्रोपावर पीडित संघर्ष समितिका अध्यक्ष रञ्जित तामाङसहित १० जना पक्राउ […]