प्रहरीमाथि आक्रमण गर्ने १४ जना पक्राउ

कर्णाली अनलाइन २ मंसिर २०८०, शनिबार १९:१७

काठमाडौं । शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा प्रहरीसँगको झडपमा संलग्न भएको भन्दै प्रहरीले १४ जनालाई पक्राउ गरेको छ ।

शुक्रबार राति चार जना र आज बिहान १० जना गरी १४ जनालाई प्रहरीले पक्राउ गरेको हो । आज बिहान पक्राउ पर्नेमा तामाकोशी हाइड्रोपावर पीडित संघर्ष समितिका अध्यक्ष रञ्जित तामाङसहित १० जना पक्राउ परेका छन् । शुक्रबार राति जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा र हर्कमान वाइवा पक्राउ परेका थिए ।

नेपाल विद्युत प्राधिकरणले लप्सीफेदीमा निर्माण गर्ने सबस्टेसन र त्यसको सुरक्षा पोष्ट स्थापनाको विषयमा विवाद हुँदा शुक्रबार राति प्रहरी र स्थानीयबीच झडप भएको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार सबस्टेसनको सुरक्षाका लागि जिल्ला सुरक्षा समितिको बैठकबाट प्रहरी नायब उपरीक्षक डीएसपीको नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोष्ट राख्ने निर्णय भएको थियो ।

सोही निर्णय बमोजिम शुक्रबार प्रहरीको टोली लप्सीफेदी पुगेको थियो । तर, स्थानीयले बाटोमा रूख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीहरूलाई ढुङ्गामुढा गर्दै आक्रमण गरेका थिए ।

स्थानीयको आक्रमणबाट सशस्त्र प्रहरीका डीएसपी देवराज राईसहित तीन सुरक्षाकर्मी घाइते भएको प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए । शंखरापुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष सूर्यबहादुर तामाङले बस्तीको बीचमा सबस्टेसन निर्माण गर्न नहुने स्थानीयको माग रहेको बताए ।

उनका अनुसार शुक्रबार प्रहरी पुग्दा स्थानीयले आफ्ना माग दोहोर्याउँदै प्रदर्शन गरिरहेका थिए । त्यही क्रममा झडप भएको वडाअध्यक्ष तामाङको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मधुमेह (सुगर) के हो र मधुमेह कसरी हुन्छ?मधुमेहका लक्षणहरू के हुन्?

२ मंसिर २०८०, शनिबार १९:१७
मधुमेह एउटा गम्भीर स्वास्थ्य समस्या हो जसका कारण प्रत्येक वर्ष १० लाखभन्दा बढी मानिसको ज्यान जाने गर्छ। जोसुकैलाई पनि यो रोग लाग्न सक्छ। यसलाई चिकित्सकीय भाषामा (डाइअबीटीज) भनिन्छ। रगतमा चिनीको मात्रा बढी हुने भएकाले यसलाई (सुगर)वा चिनी रोग पनि भन्ने गरिएको छ। शरीरले रगतमा भएको सबै चिनी (ग्लुकोज) प्रशोधन गर्न […]