श्रीलंकाले १८६ रनले हरायो वेस्ट इन्डिजलाई

कर्णाली अनलाइन १० मंसिर २०७८, शुक्रबार ११:१२

काठमाडौं । श्रीलंकाले आज पहिलो टेस्टमा वेस्ट इन्डिजलाई १८६ रनले हराएको छ । कप्तान दिमुथ करुणारत्नेको उत्कृष्ट ब्याटिङप्रेरित खेलसँगै श्रीलङ्काले वेस्ट इन्डिजलाई हराएकाे हाे।

जितका लागि ३४८ रन लक्ष्य पाएको वेस्ट इन्डिजले ५६-६ को स्थितिबाट पाँचौँ दिनको सुरुआत गरेको थियो । वेस्ट इन्डिजले अन्तिम दिन थप १०८ रन जोड्दा बाँकी सबै विकेट गुमायो । पहिलो इनिङमा ३८६ रन बनाएको श्रीलंकाले चार विकेट गुमाएर १९१ रन बनाउँदा दोस्रो इनिङको घोषणा गरेको थियो । वेस्ट इन्डिजले पहिलो इनिङमा २३० रन बनाएको थियो ।

श्रीलंकाका कप्तान करुणारत्नेले पहिलो इनिङमा १४७ रन बनाएको थियो भने दोस्रो इनिङमा ८३ रन बनाएका थिए । एन्जेलो म्याथ्युजले दोस्रो इनिङमा अविजित ६९ रन बनाएका थिए । श्रीलंकाका लागि पहिलो इनिङमा धनन्जय डी सिल्भाले ६१, ओपनर पाथुम निसान्काले ५६ र दिनेश चण्डीमलले ४५ रन बनाएका थिए ।

वेस्ट इन्डिजका रोष्टन चेजले पाँच तथा जोमल वारिक्यानले तीन विकेट लिएका थिए । पहिलो इनिङमा वेस्ट इन्डिजका लागि काइल मेयर्स ४५, क्राइग ब्रेथह्वाइटले ४१, रहकीम कर्नवालले ३९ जसोन होल्डरले ३६ रन र जर्माइन ब्ल्याकउडले २० रन बनाए । श्रीलंकाका प्रविन जयविक्रमाले चार र रमेश मेन्डिसले तीन विकेट लिँदा सुरुङ्गा लकमल, लसिथ इम्बुलडेनिया र धनन्जय डी सिल्भाले समान एक–एक विकेट लिएका थिए ।

दोस्रो इनिङमा वेस्ट इन्डिजका एनकुमाह वोनरले अविजित ६८ रन बनाए भने डा सिल्भाले ५४ रन बनाए । अन्यले दोहोरो उल्लेख्य प्रदर्शन गर्न सकेनन् । श्रीलंकाका इम्बुलडेनियाले पाँच तथा रमेश मेन्डिसले चार र प्रविन जयविक्रमाले एक विकेट लिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल प्रहरीमा खुल्याे रोजगार, कुन पदमा कति माग्याे ?

१० मंसिर २०७८, शुक्रबार ११:१२
काठमाडाैं। नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी निरीक्षक र प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगी पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । प्रहरी निरीक्षक (जनपद) पदका लागि १ सय ४६ जना, प्रहरी जवान (जनपद) पदका लागि १ हजार ९ सय […]

सम्बन्धित शीर्षक