विद्युतले हाम्रो अर्थतन्त्र मजबुद बनाउँछ : अर्थमन्त्री शर्मा

कर्णाली अनलाइन १७ कार्तिक २०७८, बुधबार ०६:०९

सङ्खुवासभा। अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको अरुण नदीबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउने बताएका छन्। खाँदबारी नगरपालिका-९ तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री शर्माले अरुणबाट उत्पादित विद्युत्ले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने बताए।

नेपालको अर्थतन्त्र मजबुद बनाउन नेपाल सरकारको लगानीमा माथिल्लो अरुण, किमाथांका अरुण निर्माण गर्न लागिएको सो अवसरमा उनले जानकारी दिए। ‘अपर अरुणलगायत थुप्रै आयोजनामा सरकारले लगानी गर्दैछ,’ मन्त्री शर्माले भने।

व्यापार घाटा कम गर्न सक्ने स्रोत-साधन सङ्खुवासभामा रहेका कारण सरकारले लगानी बढाउने उनले प्रतिबद्धता जनाए। अरुणमा जलविद्युत् आयोजना निर्माण गर्न सरकारी कम्पनीलाई जिम्मा दिएर काम अघि बढाउन पहल गरिरहेको मन्त्री शर्माको भनाइ थियो।@lokpati


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँण सुर्खेतमा

१७ कार्तिक २०७८, बुधबार ०६:०९
सुर्खेत।सुुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँण सुर्खेत आइपुगेका छन । मन्त्री खाँणले ती जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रका स्थानीयवासीसँग क्षति र पुनःनिर्माणका लागि चाल्नुपर्ने कदमबारे अन्तक्र्रियासमेत गर्ने छन् । गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म ती जिल्लामा […]