७९ राजनीतिक दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

कर्णाली अनलाइन २२ चैत्र २०७८, मंगलवार ०३:५०

काठमाडौँ।निर्वाचन आयोगले मंगलबार स्थानीय तहको चुनावमा भाग लिने राजनीतिक दलहरूसँग छलफल गर्दैछ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहान साढे ११ बजे छलफल हुने जानकारी दिए। उनका अनुसार स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका लागि बोलाइएको छ।

०७४ को निर्वाचनमा आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो। यसपटक ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ।

तर, आचारसंहिता भने लागू भइसकेको छैन। उमेदवार बन्नुअघि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भनी निर्वाचन आयोगले जारी गरेको आचारसंहिताविरुद्धको रिट परेको छ। यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।यद्यपि सुझावका आधारमा प्रतिबद्धतापत्र तयार गरी सबै राजनीतिक दलका शीर्ष नेताबाट हस्ताक्षर गराउने आयोगले तयारी गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गाडी लगायत विलासी सामाग्रीको प्रतित पत्र रोक्न राष्ट्र बैंकको निर्देशन

२२ चैत्र २०७८, मंगलवार ०३:५०
काठमाडौँ।नेपाल राष्ट्र बैंकले गाडी लगायत विलासिताका वस्तुहरूको प्रतितपत्र (एलसी) नखोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ । विदेशी मुद्रा सञ्चिती घट्दैै गएको र अर्थतन्त्र नै सङ्कटमा पर्न थालेपछि राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा  प्रतिनिधिहरूलाई बोलाएर एलसी नखोल्न निर्देशन दिएको हो । राष्ट्र बैंकको निर्देशनसँगै अत्यावश्यक वस्तु बाहेक […]