जुटेन एमालेमा पदाधिकारी चयनमा सहमति ,ओली बन्दसत्र स्थलमा

कर्णाली अनलाइन ११ मंसिर २०७८, शनिबार ०९:३३

चितवन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीमा सहमति जुटाउन गरेको प्रयास असफल भएको छ। शनिबार बन्दसत्र सुरु हुनुअघि उनले सौराहास्थित होटल पार्क सफारीमा आफू निकटका नेताहरुसँग बसेर छलफल गरेका थिए। तर, आकांक्षीहरुले आफ्नो दाबी नछाडेपछि सहमति प्रयास असफल भएको हो।

सहमतिमा पदाधिकारी चयन गर्ने भनिएको भए पनि आकांक्षीहरु धेरै भएकाले शुक्रबार राति बसेको केन्द्रीय कमिटी बैठकले विधानमा केही संशोधन गरेको थियो। जसअनुसार पदाधिकारीको संख्या १५ बाट बढाएर १९ पुर्‍याइएको थियो। तर, लामो समयदेखि ओलीलाई साथ दिँदै आएका नेताहरुले नै दाबी नछाडेपछि ओलीलाई अप्ठ्यारो परेको हो।

वरिष्ठ उपाध्यक्षमा ओली निकट नेताहरु सुवास नेम्वाङ र ईश्वर पोखरेल तथा महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलको दाबी छ। नेम्वाङ र पौडेल तथा पोखरेलद्वयको अघोषित समूह बनिरहेको छ। सहमति नजुटेपछि अध्यक्ष ओली बन्दसत्रस्थलमा पुगेका छन्। बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र १ बजेसम्म पनि सुरु भएको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उम्मेदवारीबाट पछि हट्दैन, ओलीको सम्मान गर्छु : भीम रावल

११ मंसिर २०७८, शनिबार ०९:३३
चितवन। नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी भीम रावलले पार्टी अध्यक्ष केपी ओलीले गरेको सहमति प्रयासबारे आफू जानकार नभएको बताएका छन्। उनले अफ्नो उम्मेदवारी कायम रहेकोसमेत बताएका छन्। ‘अध्यक्षज्यूले सहमति खोज्न गरेका भनिएका प्रयासबारे मलाई थाहा छैन, मलाई कुनै जानकारी नै दिइएको छैन,’ पत्रकारहरूको जिज्ञसामा रावलले भने। उनले आफूले […]