कर्णाली सरकारले आगामी आर्थिक वर्षलाई‘कर्णाली वृक्षारोपण वर्ष’ को रुपमा मनाउने

कर्णाली अनलाइन ३ असार २०७९, शुक्रबार १०:२९

सुर्खेत।कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षलाई ‘कर्णाली वृक्षारोपण वर्ष’ को रुपमा मनाउने भएको छ । फलफूल तथा बहुउपयोगी र मुल्यवान प्रजातिका विरुवा विरुवा उत्पादन, वितरण तथा वृक्षारोपण कार्यलाई अभियानकै रुपमा संचालन गर्ने भएको हो ।

आर्थिक मामिला योजना मन्त्री विन्दमान विष्टले आर्थिक वर्ष २०७९/८० को बजेट भाषणमा आगार्मी आर्थिक वर्षलाई कर्णाली वृक्षारोपण वर्षको रुपमा मनाइने घोषणा गरेका हुन् । उनका अनुसार १५ लाख विरुवा रोपण गरिने प्रदेश सरकारले लक्ष्य लिएको छ । उनले कर्णाली प्रदेशका नर्सरीबाट उपल्बध विरुवा वृक्षारोपण गरिने बताए ।

यस्तै प्रदेश सरकारले दिगो वन विकास र वन व्यवस्थापन कार्यक्रम, जलवायू परिवर्तनको नकारात्मक प्रभावहरुको न्यूनीकरण गर्न हिमाली क्षेत्रमा वन , बुट्यान र बाली संरक्षणको विषेश कार्यक्रम संचालन गरिने उल्लेख छ । महिला कृषि वन कार्यक्रम, जडीबुटी विकास कार्यक्रममार्फत औषधीय तथा व्यवसायिक महत्वका वनस्पतिको उत्पादन, संकलन, भण्डारण, प्रशोधन, तथा बजारिकरणबाट हरित रोजगारी र महिला कृषकहरुको आर्यआर्जन अभिवृद्धि गरिने भएको छ।

प्रदेश सरकारले जल तथा सिमसार क्षेत्रको विकासका लागि एकीकृत जलधार व्यवस्थापन योजनाका लागि २७ करोड ७२ लाख रुपियाँ विनियोजन गरेको छ। चुरे तथा संवेदनशिल क्षेत्रमा रहेका खोला र खहरेहरुमा बायोइन्जिनिरिङ प्रविधिद्वारा पानी पोखरीको निर्माण, जलाधर संरक्षण, भूक्षय नियन्त्रण र पहिरो नियन्त्रणका कार्यक्रम संचालन गरिने बजेटमा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पुन: विवादमा मुछिए मन्त्री आले, नेपाल एयरलाइन्सका अध्यक्षमाथि अपशब्दकाे प्रयाेग

३ असार २०७९, शुक्रबार १०:२९
काठमाडाैँ।संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले  पुन:विवादमा मुछिएका छन्।नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई अश्लील शब्दकाे प्रयाेग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै उनी विवादमा मुछिएका हुन्। मन्त्री आलीले अध्यक्ष अधिकारीलाई दुर्व्यवहार गरेकाे सुनिने अडियो अन्नपूर्ण पोस्ट्ले सार्वजनिक गरेसँग उनको आलोचना हुन सुरु भएकाे छ।यसअघि पनि उनले एकजना युवकलाई टेलिफोनवाट अपशब्द […]