एआईजी पोखरेलले दिए राजीनामा

कर्णाली अनलाइन २ श्रावण २०७९, सोमबार १६:२९

काठमाडाैँ । एआईजी विश्वराज पोखरेलले राजीनामा दिएका छन् । उनले प्रहरी प्रधान कार्यालय नक्साल पुगेर राजीनामा बुझाएकाे स्राेतले जनाएकाे छ ।

एआईजी बढुवा प्रकरणमा सरकारसँग असन्तुष्ट रहेका पाेखरेलले साेमवार राजनीनामा दिएका हुन् । आफूभन्दा जुनियर धिरजप्रताप सिंहलाई महानिरीक्षकमा बढुवा गरेको भन्दै पोखरेल असन्तुष्ट थिए ।

असन्तुष्ट पोखरेलले सरकारविरुद्ध सर्वोच्चमा मुद्दासमेत दायर गरेका थिए । सर्वोच्चले पनि सरकारकै निर्णय सदर गरिदिएपछि उनले राजीनामा दिएका हुन् ।

उनले दिएको राजीनामा प्रहरी महानिरीक्षकमार्फत गृह मन्त्रालयमा र गृह मन्त्रालयबाट मन्त्रिपरिषदमा पेश हुनेछ । एआईजीको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गर्नुपर्ने व्यवस्था छ । यसअघि उनी विदामा बसेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पानी ट्यांकीमा डुवेर दुल्लुमा दुई बालबालिकाको मृत्यु

२ श्रावण २०७९, सोमबार १६:२९
सुर्खेत।दैलेखको दुल्लुमा सिचाइका लागि जम्मा गरिएको पानी ट्याकींमा डुवेर दुई बालबालिकाको मृत्यु भएको छ । हिजो सोमबार दुल्लु नगरपालिका ८ कर्णाली खोला छेउमा सिचाइको लागि जम्मा गरिएको ट्याङकीमा दुल्लु नगरपालिका वडा नं ३ सियाला बस्ने बखत महतका १२ बर्षिया छोरा दिनेश महत र ९ बर्षिया छोरी अनिता महतको डुबेर निधन […]

सम्बन्धित शीर्षक