काठमाडौं। सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ।एक मन्त्रीका अनुसार आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको हो।
नेपाल प्रहरीका वर्तमान महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधि पुरा गरेर आइतबार मध्यरातबाट अवकाशमा जाँदैछन्। उनी २०७७ असार २३ मा प्रहरी महानिरीक्षक नियुक्त भएका थिए।
नेपाल प्रहरीको कमाण्ड समाल्न सिंहसँगै अरु ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी) प्रतिस्पर्धामा थिए । २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रबिन्द्रबहादुर धानुकलाई पछि पार्दै सिंह आईजीपीमा नियुक्त भएका हुन्।