कांग्रेस महाधिवेशन: कर्णालीको सभापतिमा ललितजंग शाही विजयी

कर्णाली अनलाइन १९ मंसिर २०७८, आईतवार ०४:२७

सुर्खेत। नेपाली कांग्रेसको१४ औँ महाधिवेशनको कर्णाली प्रदेश सभापतिमा संस्थापन पक्षका ललितजंग शाही विजयी भएका छन् ।आइतबार बिहान सार्वजनिक भएको मत परिणाम अनुसार शाहीले ४२२ मत ल्याएर विजयी भएका हुन् । निर्वाचन अधिकृत अरुण पौडेलका अनुसार निकटतम प्रतिस्पधी संस्थापन इतर समूहका भुपेन्द्रजंग शाहीले ३१७ सय ल्याएका छन् ।

उपसभापति विमलेन्द्र निधि पक्षका उम्मेरदवार मोतिराज बमले सात मत मात्रै ल्याए । सभापतिको मात्रै मत परिणाम आएको हो । आइतबार बिहानदेखि अरु ४६ पदको पनि मतगणना हुनेछ ।दुई उपसभापतिका लागि चारजनाको उम्मेदवारी परेको छ । कालीबहादुर सहकारी, सनतकुमार कार्की, देवेन्द्रबहादुर शाही र तिलकबहादुर भण्डारीले उम्मेदवारी दिएका छन् ।यस्तै महामन्त्रीका दुई पदमा निरन्जन केसी, कृष्णबहादुर विसी, कृष्णकुमार रोकाय, खगेन्द्रबहादुर मल्ल र गोविन्द कोइरालाले उम्मेदवारी दिएका छन् ।

यस्तै सह–महामन्त्री पुरुषतर्फ दुई पदमा उपेन्द्रबहादुर थापा, एकराज डाँगी, नेत्रलाल पौडेल र जयनन्द उपाध्याय ९जयस० को उम्मेदावरी परेको छ । सहमहामन्त्री महिलामा रामछायाकुमारी शाही र देविकाकुमारी सिंहले उम्मेदवारी दिएकी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

१९ मंसिर २०७८, आईतवार ०४:२७
काठमाडौँ ।कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मत गणनामा लिङ्देनले थापालाई १९९ मत अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।राप्रपा नेता मोहन श्रेष्ठले मतगणनास्थलबाट कान्तिपुरलाई जानकारी दिए अनुसार लिङ्देनले १८१७ र थापाले १६१८ मत ल्याएका छन् । ४३१ मत बदर भएको श्रेष्ठले […]