पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी

कर्णाली अनलाइन १८ चैत्र २०७८, शुक्रबार १०:१०

काठमाडौँ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्। प्रधानमन्त्रीको हैसियतमा छिमेकी राष्ट्र भारतको भ्रमणमा जानु परेपछि उनले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन्।

पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुन्जेलसम्मका लागि उपसभापति खड्कालाई कार्यवाहक सभापति तोकिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिल्ला अदालत दैलेखले बलात्कार मुद्दामा बयान फेर्ने महिलालाई तीन महिना जेल

१८ चैत्र २०७८, शुक्रबार १०:१०
दैलेख।आफूमाथि बलात्कार भएको भनेर प्रहरीमा दिएको जाहेरी भन्दा फरक बयान दिएपछि जिल्ला अदालत दैलेखले एकजना महिलालाई तीन महिना जेल सजाय सुनाएको छ। जिल्ला अदालत दैलेखका सूचना अधिकारी टीकाराम न्यौपानेका अनुसार न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले ती २२ वर्षीया महिलालाई तीन महिना जेल र ४ हजार जरिवाना तोकेको हो। सुरुमा आफूमाथि बलात्कार […]