जिल्ला अदालत दैलेखले बलात्कार मुद्दामा बयान फेर्ने महिलालाई तीन महिना जेल

कर्णाली अनलाइन १८ चैत्र २०७८, शुक्रबार ११:१६

दैलेख।आफूमाथि बलात्कार भएको भनेर प्रहरीमा दिएको जाहेरी भन्दा फरक बयान दिएपछि जिल्ला अदालत दैलेखले एकजना महिलालाई तीन महिना जेल सजाय सुनाएको छ। जिल्ला अदालत दैलेखका सूचना अधिकारी टीकाराम न्यौपानेका अनुसार न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले ती २२ वर्षीया महिलालाई तीन महिना जेल र ४ हजार जरिवाना तोकेको हो।

सुरुमा आफूमाथि बलात्कार भएको भन्दै ती महिलाले जाहेरी दिएकी थिइन्। तर जिल्ला न्यायाधिवक्तासँगको बयानका क्रममा उनले गाउँमा भएको झगडाको रिसिबीका कारण बलात्कारको उजुरी दिएको बताएकी थिइन्।

बलात्कार मुद्दामा अदालतमा बयान फेरेको ठहरसहित ती महिलालाई जेल सजाय र जरिवाना सुनाइएको न्यौपानेले बताएका छन्। ‘राज्यका श्रोत, साधन र जनशक्तिलाई अनुत्पादक काममा खर्च गराउने काम भयो’, अदालतले फैसलामा भनेको छ, ‘पीडित भनिएकी महिलाले बयान फेर्नु कानुनको उलंघन हो।’

अदालतले बलात्कार मुद्दा चलाइएका जिल्लाकै भगवतीमाई गाउँपालिका वडा नम्बर ५ का २३ वर्षीय दीपेन्द्र चन्दलाई सफाइ दिएको छ। उनी बलात्कार मुद्दामा चार महिनादेखि दैलेख कारागारमा थिए।

यसअघि अछाम जिल्ला अदालतले बलात्कार मुद्दामै बयान फेरेपछि साढे तीन वर्ष जेल सजाय सुनाइएको छ। उनले सहमतिमै यौनसम्बन्ध राखेर पनि बलात्कार आरोप लगाएको ठहर अदालतले गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री देउवालाई नयाँ दिल्लीमा रक्षा राज्यमन्त्रीद्वारा स्वागत

१८ चैत्र २०७८, शुक्रबार ११:१६
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणका लागि आज शुक्रवार दिउँसाे नयाँ दिल्ली पुग्नुभएकाे छ । उहाँलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा राज्यमन्त्री अजय भट, भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्मा, भारतको बाह्य मामिला मन्त्रालय र दिल्लीमा रहेकाे नेपाली दूतावासका उच्च अधिकृतहरूले स्वागत गर्नुभएको थियो । आजै प्रधानमन्त्री […]