प्रधानमन्त्री देउवालाई नयाँ दिल्लीमा रक्षा राज्यमन्त्रीद्वारा स्वागत

कर्णाली अनलाइन १८ चैत्र २०७८, शुक्रबार ११:२७

काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणका लागि आज शुक्रवार दिउँसाे नयाँ दिल्ली पुग्नुभएकाे छ । उहाँलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा राज्यमन्त्री अजय भट, भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्मा, भारतको बाह्य मामिला मन्त्रालय र दिल्लीमा रहेकाे नेपाली दूतावासका उच्च अधिकृतहरूले स्वागत गर्नुभएको थियो ।

आजै प्रधानमन्त्री देउवासँग भारतका बाह्य मामिला मन्त्री एस जयशङ्करले शिष्टाचार भेट गर्ने कार्यक्रम छ भने उहाँ भारतीय जनता पार्टी (भाजपा) को प्रधान कार्यालय पुगेर भाजपा नेताहरूसँग समसामयिक विषयमा विचार/विमर्श गर्नुहुनेछ । भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्माले आज बेलुकी नै नयाँ दिल्लीमा रहेकाे नेपाली दूतावासमा आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुनुहुनेछ ।

यस्तै भोलि शनिवार भारतका प्रधानमन्त्रीको कार्यालय हैदराबाद हाउसमा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुने छ भने प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम रहेकाे छ ।

वार्तापछि ३५ किलोमिटर लामो जयनगर–कुर्था रेल सेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन एक सय ३२ वटा स्वस्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्य/दृश्यका माध्यमबाट जानकारी लिनुहुने कार्यक्रम छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दिल्लीको सडकका चोक चोकमा देउवा र मोदीको फोटो

१८ चैत्र २०७८, शुक्रबार ११:२७
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवालाई दक्षिणी छिमेकी भारतले करिब ९ महिनापछि स्वात गर्दैछ।असार २९ गते प्रधानमन्त्री भएयता लामो प्रतीक्षापछि देउवा दक्षिणको राजनीतिक तीर्थाटनमा निस्किएका हुन्। नेपालका प्रधानमन्त्रीहरुले हरेक पटक पहिलो भ्रमण भारतबाट सुरु गर्छन्। तर देउवाको पहिलो भ्रमण भने जलवायु सम्मेलनका क्रममा बेला हुँदै स्कटल्यान्डमा भएको थियो। पटक पटको पहलपछि देउवाको दिल्ली […]

सम्बन्धित शीर्षक