दिल्लीको सडकका चोक चोकमा देउवा र मोदीको फोटो

कर्णाली अनलाइन १८ चैत्र २०७८, शुक्रबार ११:३५

काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवालाई दक्षिणी छिमेकी भारतले करिब ९ महिनापछि स्वात गर्दैछ।असार २९ गते प्रधानमन्त्री भएयता लामो प्रतीक्षापछि देउवा दक्षिणको राजनीतिक तीर्थाटनमा निस्किएका हुन्। नेपालका प्रधानमन्त्रीहरुले हरेक पटक पहिलो भ्रमण भारतबाट सुरु गर्छन्। तर देउवाको पहिलो भ्रमण भने जलवायु सम्मेलनका क्रममा बेला हुँदै स्कटल्यान्डमा भएको थियो।

पटक पटको पहलपछि देउवाको दिल्ली भ्रमण सम्भव भएको थियो। यसअघि स्कटल्यान्डमा भएको सम्मेलनमा मोदीसँगको भेटमा तत्कालै दिल्ली जाने कुरा थियो। तर बल्ल देउवाको दिल्ली यात्रा जुरेको हो। देउवा केही बेरअघि ५० जनाको टोलीसहित दिल्लीतिर लागेका छन्।

उनी पुग्नुअघि अहिले दिल्लीका मुख्य सडकका चोकमा उनको स्वागतमा तस्विरसहितका पोस्टर सजाइएको छ। ति पोस्टरमा देउवासँगै समकक्षी मोदीका पनि तस्बिर राखिएका छन्। यससँगै दिल्लीका सडकमा पोलहरुमा नेपाल र भारतमा झण्डा पनि फहराइएका छन्।देउवाको स्वागतका लागि इन्डिया गेट, चानक्यपुरी, राष्ट्रपति निवास क्षेत्रसहितका सडकमा चोक चोकमा तस्बिर र झण्डा सजाइएको हो।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समाजवादी कर्णाली प्रदेश सदस्य तथा भगवतीमाई गाउँपालिका इन्चार्ज थापा एमालेमा प्रवेश

१८ चैत्र २०७८, शुक्रबार ११:३५
दैलेख। नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश सदस्य दानबहादुर थापा एमालेमा प्रदेश गरेका छन् । शुक्रबार समाजवादीका प्रदेश कमिटि सदस्य तथा भगवतीमाई गाउँपालिका इन्चार्ज समेत रहेका थापा एमालेमा प्रवेश गर्ने भएका हुन् । थापालाई एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले स्वागत गरेका हुन् । प्रदेश सभा सदस्य सुशिल थापाका अनुसार विभिन्न […]