समाजवादी कर्णाली प्रदेश सदस्य तथा भगवतीमाई गाउँपालिका इन्चार्ज थापा एमालेमा प्रवेश

कर्णाली अनलाइन १८ चैत्र २०७८, शुक्रबार ११:५७

दैलेख। नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश सदस्य दानबहादुर थापा एमालेमा प्रदेश गरेका छन् । शुक्रबार समाजवादीका प्रदेश कमिटि सदस्य तथा भगवतीमाई गाउँपालिका इन्चार्ज समेत रहेका थापा एमालेमा प्रवेश गर्ने भएका हुन् ।

थापालाई एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले स्वागत गरेका हुन् । प्रदेश सभा सदस्य सुशिल थापाका अनुसार विभिन्न वडाका जनप्रतिनिधिहरु सेतु खडका, कमला खत्री, मान बहादुर नेपाली, बाल बहादुर थापा, सुशिला विकलगायत १२५ जना एमालेमा प्रवेश गरेका छन् । थापा २०७४ सालको निर्वाचनमा एमालेबाट उम्मेदवार भइ दैलेखको भगवतिमाई गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेखमा बसले मोटरसाइकलाई ठक्कर दिँदा एकको मृत्यु

१८ चैत्र २०७८, शुक्रबार ११:५७
सुर्खेत । कर्णाली राजमार्ग अन्तरगत दैलेखको गुरासँ गाउँपालिका–२ केराबारीमा बसले मोटरसाइकलाई ठक्कर दिँदा एकको मृत्यु  भएको हो । शुक्रबार बिहान साढे ११ बजेको समयमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।दैलेखको कुसापानीबाट सुर्खेततिर छुटेको ना ४ च ख ६५५४ नम्बरको बस र सोही दिशा तर्फ आइरहेको कर्णाली प्रदेश ०२००१ प ७४५९ नम्बरको […]

सम्बन्धित शीर्षक