‘म निर्देष छु, केही दिनमै स्वदेश फर्कन्छु’-सन्दीप लामिछाने

कर्णाली अनलाइन २४ भाद्र २०७९, शुक्रबार ०८:१९

काठमाडौँ नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष भएको दाबी गरेका छन्।उनीविरुद्ध एक किशोरीले बलात्कारको उजुरी दिएपछि उनले सामाजिक सञ्जालमार्फत आफू निर्दोष भएको जिकिर गरेका हुन्।

उनले भनेका छन्,’म निर्दोष छु र नेपालको सम्मानित कानुनमा विश्वास छ। सिपिएलबाट विदा लिने निर्णय गरेको छु र केहीदिन भित्रै स्वदेश फर्किनेछु। म तथ्यहीन सबै आरोपको सामना गर्न तयार छु।’

सामाजिक सञ्जालमा लामिछानेले लेखेका छन्,’ निर्दोषलाई न्याय हुनेछ र यो घटनामा संलग्न सबैपक्षबारे उचित अनुसन्धान हुनेछ। आशा छ कानुनले सबैलाई समान व्यवहार गर्नेछ।’

यही भदौ ५ गते राति एक किशोरीसँग होटलमा सँगै बिताएपछि भदौ ६ गते सन्दीप नैरोबी उडेका थिए। हाल खेलका लागि नैरोबी रहेका उनले समाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन्।

प्रहरी स्रोतका अनुसार सन्दीपविरुद्ध शुक्रबार पक्राउ पुर्जीसमेत जारी भएको छ।पक्राउ पुर्जीसमेत जारी भएलगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानेलाई निलम्बन गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पहिराेमा परी दार्चुलाकाे नाैगाडमा २ काे मृत्यु

२४ भाद्र २०७९, शुक्रबार ०८:१९
धनगढी। शुक्रबार रातिबाट परेको वर्षासँगै आएकाे पहिराेमा परी दार्चुलामा दुई जनाकाे मृत्यु भएकाे छ।नौगाड गाउँपालिकामा पहिरोमा परी एक महिलाको मृत्यु भएको छ। नौगाड गाउँपालिका- १ सल्लामा पहिरोमा परी ३० वर्षीया किम्ती ठगुन्नाको मृत्यु भएको हाे। स्थानीयका अनुसार पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाकाे पनि मृत्यु भएको छ। मृतक बालिकाको शव पुरिएको […]

सम्बन्धित शीर्षक