काठमाडौँ।नेकपा एमालेको नवनिर्वाचित कार्यसमितिको बैठक मंसिर २५ र २६ गते राजधानीमा बस्ने भएको छ।एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले सौराहामा आयोजित शपथग्रहण कार्यक्रममै यसबारे जानकारी गराएका थिए।
केन्द्रीय कमिटीको बैठकले पोलिटब्युरो तथा स्थायी समिति सदस्यहरु टुंग्याउने छ।यद्यपि युवाहरुलाई पोलिटब्युरो र स्थायी समितिमा कसरी समेट्ने भन्नेबारे छलफल चलिरहेको छ,’ एक एमाले नेताले जानकारी दिए।त्यस्तै, प्रदेशहरुमा रिक्त रहेका पदहरुमा पनि उक्त बैठकले पदपूर्ति गर्ने एमाले स्रोतले जानकारी दिएको छ।

