सुर्खेत।कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मध्यपश्चिम यातायात सेवा सुर्खेत पा.लीद्धारा शववाहन सेवा सुचारु गरेको छ। विगत लामो वर्ष देखी यातायात क्षेत्रबाट सेवा दिदै आएको यस निजी यातायात कम्पनी मध्यपश्चिम यातायात सेवा सुर्खेत प्रालिले बिहीबारदेखि शववाहन सेवा सुचारु गरेको छ।
फोर्स गाडीलाई मध्यपश्चिम यातायात सेवा सुर्खेतले शववाहनका रुपमा सञ्चालनमा ल्याएको हो । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा रहेको एक मात्रै सरकारी शववाहन भए पनि प्रयोगमा सवैलाई सहजै उपयोग हुन सकेको थिएन। यस मध्यपश्चिम यातायातले निजी शववाहन सञ्चालनमा ल्याएपछि केही मात्रामा सहज हुने अपेक्षा गरिएको छ ।

