कोरोनाबाट पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु, ४३ जना संक्रमित

कर्णाली अनलाइन २१ बैशाख २०८०, बिहीबार १८:४६

काठमाडौँ ।कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ३१ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।बिहीबार ५० संक्रमणमुक्त भएका छन्। हाल देशभर २०२ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर ७४१ पीसीआर तथा ५६० एन्टिजेन परीक्षण भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिम्रिक एयर संखुवासभामा दुर्घटना: हेलिकप्टर क्षतिग्रस्त, सेनाको हेलिकप्टरद्वारा घाइतेको उद्धार

२१ बैशाख २०८०, बिहीबार १८:४६
काठमाडौँ ।शुक्रबार दिउँसो संखुवासभामा दुर्घटनामा परेको सिम्रिक एयरको हेलिकप्टरका चालक सुरक्षित रहेपनि एक स्थानीय भने गम्भीर घाइते भएका छन्। हेलिकप्टरमा चालकदलका दुईसहित पाँच जना सवार थिए। दुर्घटनामा परेको उक्त हेलिकप्टरका पाइलट क्याप्टेन सुरेन्द्र पौडेल सुरक्षित रहेको विमानस्थल स्रोतले जनाएको हो। घाइतेहरूलाई घटनास्थलमा पुगिसकेको नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेर काठमाडौँतर्फ लगिएको […]