काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ६४ पुगेको छ।
बुधबार ७ हजार ५५५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ६९ हजार २९१ जना सक्रिय संक्रमित रहेका छन्।गत चौबीस घन्टामा ६ हजार ४९९ पीसीआर तथा ५ हजार ८३ एन्टिजेन परीक्षण भएको छ।