मा‌ओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल( प्रचण्ड) सर्वसम्मत चयन

कर्णाली अनलाइन १९ पुष २०७८, सोमबार ११:३५

काठमाडौँ।नेकपा माओवादी केन्द्रको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहालको चयन गरेको छ।बैठकका क्रममा पार्टीको अध्यक्षमा प्रस्ताव गरिएको पुष्पकमल दाहालको नाम सर्वसम्मतले पारित गरिएको हो।

सानेपास्थित हेरिटेज प्लाजामा आयोजित बैठकमा दाहालको नाम नेता नारायणकाजी श्रेष्ठले अध्यक्षमा प्रस्ताव गरेका हुन्।त्यस्तै,  समर्थकमा कृष्णबहादुर महरा छन्।माओवादी महाधिवेशनका क्रममा आइतबार अध्यक्ष पुष्पकमल दाहालले २३६ जना केन्द्रीय सदस्यको चयन गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज नाकामा नौ जनामा कोरोना पुष्टि

१९ पुष २०७८, सोमबार ११:३५
बाँके। नेपालगञ्ज नाकामा एकै दिन नौ जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि भएका नौ जना नै भारतबाट आएका व्यक्ति हुन्।नेपालगञ्ज नाकामा रहेको हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार, सोमबार भारतबाट आएका तीन सय ७ जनाको जाँच गर्दा नौ जनामा कोरोना पुष्टि भएको छ। नौ जनामा सात जना पुरुष र […]