२६० ग्राम सुनसहित त्रिभुवन विमानस्थलबाट ३ जना पक्राउ

कर्णाली अनलाइन २९ जेष्ठ २०७९, आईतवार ०५:२८

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित विदेशबाट आएका तीन जना पक्राउ परेका छन् ।जजिरा एअरलाईन्सबाट आज बिहान विमानस्थलमा उत्रिएका प्रकाश दनुवार, भुमाकुमार माझी र सरोज मोचीलाई विमानस्थलमा रहेको भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो ।

भन्सार कार्यालयले उनीहरूले पाइन्टको भित्री भागमा लुकाएको २६० ग्राम सुन बरामद गरेको जनाएको छ ।प्रारम्भिक बयानमा तीनै जनाले अन्य व्यक्तिले एक/एकवटा पाइन्ट दिएको र नेपालमा ती पाइन्ट अन्य व्यक्तिलाई बुझाएपछि केही रकम दिने आशा देखाएको बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानव अधिकारको संरक्षण गर्नु हामी सबैको दायित्व हाे : मुख्यमन्त्री शाही

२९ जेष्ठ २०७९, आईतवार ०५:२८
  सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मानव अधिकारको संरक्षण गर्नु सबैको दायित्व भएको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगद्धारा आज सुर्खेतमा आयोजित कर्णालीमा मानव अधिकारको अवस्था विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले राज्यका निकायसंगै हरेक नागरिकले इमान्दारितापूर्वक कर्तव्य पालना गर्न सके मानव अधिकारको संरक्षण हुने बताएका हुन् । […]

सम्बन्धित शीर्षक