एमालेको १०औँ महाधिवेशन खर्च ९ करोड

कर्णाली अनलाइन १४ मंसिर २०७८, मंगलवार ०७:०६

चितवन।चितवनमा जारी एमालेको १०औँ महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको छ। निर्धारित समयभन्दा दुई दिन लम्बिएको महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।सात करोड ५० लाख अनुमान गरिएकोमा दुई दिन लम्बिँदा

नौ करोड खर्च हुन पुगेको उनले बताए।‘दुई दिन महाधिवेशन लम्बिनु अप्रत्यासित नै भयो। यसले अलि बढी खर्च भयो। महाधिवेशन लम्बिँदा खान बस्न एक करोड ५० लाख खर्च भयो’, महाधिवेशन स्थलमा पत्रकारसँग कुरा गर्दै तामाङले भने, ‘जम्मा सात करोड ५० लाखको बजेट बनाएका थियौँ।

तर दुईदिन लम्बिँदा सात करोड ५० लाखमा थप एक करोड ५० लाख रुपैयाँ खर्च बढ्ने सम्भावना छ। सबै बिलहरू आइसकेपछि थाहा हुन्छ।’उनका अनुसार ललितपुरमा भएको विधान महाधिवेशनमा चार करोड ७१ लाख रुपैयाँ खर्च भएको थियो। -न्युज कारखाना


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले अध्यक्षमा फराकिलो अन्तरले केपी ओली विजयी

१४ मंसिर २०७८, मंगलवार ०७:०६
चितवन।नेकपा (एमाले) को अध्यक्षमा केपी शर्मा ओली फराकिलो मतान्तरले विजयी भएका छन्। अर्का प्रत्यासी भीम रावललाई १५ सय ८५ मतले पराजित ओली दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन्। ओलीले १८ सय ८ मत ल्याउँदा रावलले  २ सय २३ मत प्राप्त गरेको केन्द्रीय निर्वाचन आयोगका एक सदस्यले  जानकारी दिए। आयोगले यसको औपचारिक घोषणा […]