हत्याको आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ

कर्णाली अनलाइन ९ पुष २०७८, शुक्रबार ०२:४९

              सल्यान। छिमेकीको विवाह भोज खान गएका व्यक्तिको मृत्यु रहस्यमय भएपछि प्रहरीले वडाध्यक्षसहित चार जनलाई पक्राउ गरेको छ । गत मंसिर २० गते दार्मा गाउँपालिका-२ पाजाखोलामा ७० वर्षीय टेकबहादुर खत्री मृत अवस्थामा भेटिएका थिए । प्रहरीले वडा अध्यक्ष डिल्लीबहादुर केसी, स्थानीय ३६ वर्षीय रामबहादुर खत्री, ४७ वर्षीय कुलबहादुर खत्री र २८ वर्षीय लक्ष्मण केसीलाई पक्राउ गरेको हो ।

खत्री वडाध्यक्ष केसीले चलाएको मोटरसाइकलमा चढेर भोज खान गएको र मृतकलाई गोठमा लगेर राख्न स्थानीयले सहयोग गरेको खुल्न आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामप्रकाश यादवले बताए । आरोपी सबैलाई ईलाका प्रहरी कार्यालय थारमारेको हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

मृतकका आफन्तले हत्या गरेको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले रामबहादुर, कुलबहादुर र लक्ष्मण खत्रीलाई मंसिर २७ गते पक्राउ गरेको र वडाध्यक्ष खत्रीलाई पुस ५ गते पक्राउ गरेको हो । खत्री वडाध्यक्ष केसीले चलाएको मोटरसाइकलबाट लडेर मृत्यु भएको आफन्तले बताउँदै आएका छन् । प्रहरीले वडा अध्यक्ष केसीले चलाउँदै आएको दार्मा गाउपालिकाको लू ७१ प ३९२७ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माओवादी केन्द्रको स्थायी समितिको बैठक पेरिसडाँडामा सुरु

९ पुष २०७८, शुक्रबार ०२:४९
काठमाडौँ।नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ। बैठकमा पार्टी अध्यक्ष प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गरिने माओवादी केन्द्रले जनाएको छ। माओवादी केन्द्रको पहिलो राष्ट्रिय सम्मेलनमा पुस ११ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ। सोही राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे बैठकमा छलफल […]