सुर्खेतमा लागुऔषध सहित तिन जना पक्राउ

कर्णाली अनलाइन २८ जेष्ठ २०८०, आईतवार १४:३४

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरका विभिन्न ठाउँबाट लागुऔषध सहित तिन जना पक्राउ परेका छन। मंगलगढी चोकमा रहेको हार्दिक होटलबाट लागुऔषध ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिकोट सान्नीत्रिवेणी गाउँपालिका-३ बस्ने अन्दाजी बर्ष ३० का अर्जुन देवकोटा रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटीएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । नापतौल नगरेको कालो प्लाष्टिक भित्र डल्लो पारी राखेको लागुऔषध ब्राउनसुगर, खैरो धुलो पदार्थ , नेपाली रुपैया तिन हजार, भारतिय रुपैया दुई हजार छ सय, सादा मोबाईल एक थान र टच मोबाईल एक थान सहित उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखीएको छ ।

यस्तै बाँके नेपालगंज उप-महानगर पालिका-११ बस्ने अन्दाजी २४ बर्ष का खिरोज खान वीरेन्द्रनगर नगरपालिका-३ मा रहेको माया कर्णाली होटलको कोठा न. १०२ बाट र बाँके नेपालगंज उपमहानगरपालिका १८ बस्ने  २३ बर्षकी सारदा सिंह लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट थप मद्दतमा खटिएको ६ जनाको प्रहरी टोलिले पक्राउ गरेको छ । उनिहरुबाट शुद्ध तौल ११ ग्राम ८२० मिलिग्राम, सादा मोबाईल थान एक सहित पक्राउ गरिएको हो । उनीहरु तिनै जनालाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय सुर्खेत राखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मौसम पूर्वानुमान महाशाखा:नेपालमा मनसुन सुरु हुन अझैँ पाँच दिन लाग्ने

२८ जेष्ठ २०८०, आईतवार १४:३४
काठमाडौं । नेपालमा मनसुन सुरु हुन पाँच दिन लाग्ने भएको छ । मौसम विज्ञान विभाग तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुन भित्रन चारदेखि पाँच दिन लाग्ने जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार बङ्गालको खाडीबाट आएको जलवायुक्त हावा अहिले भारतको आकाशमै रहेकाले नेपालमा आइपुग्न चारदेखि पाँच दिन लाग्ने भएको हो […]