समाजवादी अपाङग संगठनको कार्यसमिति घोषणा

कर्णाली अनलाइन २५ पुष २०७८, आईतवार ०६:१५

काठमाडौं। नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी कम्युनिष्ट मूलधारको पार्टी भएको बताएका छन्। समाजवादी अपाङग संगठनको कार्यसमिति घोषणा कार्यक्रममा उनले माले, जनताको बहुदलीय जनवादको सिद्धान्त पार्टीले अवलम्बन गरेको जनाउँदै समाजमा न्याय, समानता र समावेशीको सिद्धान्तप्रति प्रतिबद्ध रहेको बताए।

उनले न्याय सबैका लागि बराबर हुनुपर्नेमा जोड दिँदै असमान व्यवहार कसैलाई पनि गर्न नपाइने र समाजका सबै तहमा समावेशी प्रतिनिधित्व गराउन संविधानमा व्यवस्था गरिएको उल्लेख गरे। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले अशक्त वर्गलाई जीविकोपार्जनका लागि राज्यले व्यवस्था गर्नुपर्ने र केही पनि गर्न नसक्नेलाई हेरचाह गर्नुपर्ने विचार व्यक्त गरे।

उनले भने, ‘मेचीदेखि महाकालीसम्म आफ्नो पार्टी प्रकाशपुञ्जका रूपमा फैलिएको छ, जनताको सेवासुविधामा क्रियाशील रहेर समाज परिवर्तन गर्न सकिन्छ।’ मानवीयताको चरित्र कम्युनिष्ट विचारमा आबद्ध सबैले राख्नुपर्ने धारणा राख्दै उनले पवित्र भावना लिएर पार्टीमा आबद्ध हुन सबैलाई आग्रह गरे।

पार्टीको अपांगता फाँटका इन्चार्ज वीरेन्द्रराज पोखरेल, अनुशासन आयोगका सदस्य बालकृष्ण गैरेले अपाङगअधिकारका साथै उनीहरुलाई सवलीकरण गर्ने सम्बन्धमा धारणा राखे। सबै प्रदेशबाट प्रतिनिधित्व हुने गरी रामप्रसाद ढुंगानाको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सभामुख सापकोटा जनताको विश्वासलाई धोका दिन्न

२५ पुष २०७८, आईतवार ०६:१५
सुर्खेत। सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। बलेफी गाउँपालिका(२ स्थित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारीद्धारा शनिबार आयोजित कार्यक्रममा उनले पुनस्थापित सदनबाट नै राजनीतिक समस्याको सामाधन निस्कने बताए। सभामुख सापकोटाले भने, ‘तपाईँहरूको मतले आज म सभामुखको जिम्मेवारीमा छु। राज्यका तीन अंगमध्ये […]