सभामुख सापकोटा जनताको विश्वासलाई धोका दिन्न

कर्णाली अनलाइन २५ पुष २०७८, आईतवार ०८:२२

सुर्खेत। सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। बलेफी गाउँपालिका(२ स्थित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारीद्धारा शनिबार आयोजित कार्यक्रममा उनले पुनस्थापित सदनबाट नै राजनीतिक समस्याको सामाधन निस्कने बताए।

सभामुख सापकोटाले भने, ‘तपाईँहरूको मतले आज म सभामुखको जिम्मेवारीमा छु। राज्यका तीन अंगमध्ये एक अंगको प्रमुख बनाउनुभएको छ, तपाईँको यो विश्वास र भरोसालाई धोका दिने छैन।’ कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य माधव सापकोटा, प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो।

कार्यक्रमका सहभागीले बक्ताले महिलादद्धारा सञ्चालित सो सहकारी जिल्लामै उदाहरणीय रहेको जनाउँदै अझ प्रगतिको कामना गरेका छन्। सो कार्यक्रममा सहकारीका अध्यक्ष देवकी न्यौपानेले वार्षिक प्रतिवेदन पेश गरेकी थिइन्। सभामुख सापकोटाले बलेफी (३ फुल्पिंकोटमा फुल्पिकोट स्वास्थ्यचौकी भवनको शिलान्यास गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२० जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व चयन

२५ पुष २०७८, आईतवार ०८:२२
सुर्खेत । नेकपा एमालेको जारी जिल्ला अधिवेशनअन्तर्गत आज बिहानसम्म २० जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ। एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार भौगोलिक तर्फ २० जिल्लामा नेतृत्व चयन भइसकेको छ। त्यस्तै विशेष जिल्ला कमिटीतर्फ २ जिल्लाको नेतृत्व चयन भएको छ। हालसम्म झापा, पाल्पा, दाङ, डोल्पा, सल्यान, बर्दिया, बाँके, धादिङ, […]

सम्बन्धित शीर्षक