काठमाडौँ।नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ। बैठकमा पार्टी अध्यक्ष प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गरिने माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रको पहिलो राष्ट्रिय सम्मेलनमा पुस ११ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ। सोही राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे बैठकमा छलफल हुने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
बैठकमा प्रस्तुत प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यहरुले सुझाव दिनेछन्। उक्त सुझावलाई समेटेर अध्यक्षले प्रतिवेदनलाई पूर्णता दिनेछन्।
माओवादीको राष्ट्रिय सम्मेलनमा आयोजक १७९, सल्लाहकार १४९, ज्येष्ठ कम्युनिष्ट १२५, आयोग ७५, केन्द्रीय विभाग १०२, केन्द्रीय प्रतिनिधि २७, मनोनीत हुने ७३ जनासहित एक हजार ५३३ जना प्रतिनिधिले सहभागिता जनाउँदैछन्।