हरित शहरको विकास गर्ने वीरेन्द्रनगर नगरपालिका र भु–संरक्षण विभाग बिच द्विपक्षीय सम्झौता

कर्णाली अनलाइन ४ चैत्र २०७८, शुक्रबार ०८:३४

 

सुर्खेत। कर्णालीको राजधानी वीरेन्द्रनगर नगरपालिका सुर्खेत शहरलाई हरित नगरको रुपमा विकास गर्ने भएको छ । ‘शहरी वन विकास’ (विरुवा उत्पादन खरिद, वृक्षारोपण, संरक्षण) कार्यक्रम अन्तरगत वीरेन्द्रनगर नगरपालिका र भु–संरक्षण विभाग बिच द्विपक्षीय सम्झौता भएपछि वीरेन्द्रनगर नगरपालिका हरित नगरपालिकाको रुपमा विकास हुने सम्भावना बढेको हो ।

कर्णालीको एकमात्र सुगम नगरपालिकाको रुपमा रहेको वीरेन्द्रनगर नगरपालिका र विभागबीच ७५ लाख ४२ हजार २७६ रुपैंया रकम सहितको सम्झौता भएपछि वीरेन्द्रनगरलाई हरित नगरको रुपमा विकास गर्ने याजनाले सार्थकता पाएको हो ।

यो कार्यक्रम अन्तरगत राजधानी शहर वीरेन्द्रनगरका सडक किनारमा वृक्षारोपण गरेर हरित शहरको रुपमा निर्माण गरिने छ । साझेदारीमा सहरी वन विकास कार्यक्रम संचालन कार्यविधि २०७७ अनुरुप कार्य गर्नुपर्नेछ । वीरेन्द्रनगर नगरपालिकालाई ग्रिनरी नगर बनाउने अवधारणा अनुरुप सडक किनारमा करौडौ मूल्यका विरुवा रोप्न थालिएको हो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थानीय तहको चुनावमा उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

४ चैत्र २०७८, शुक्रबार ०८:३४
काठमाडौँ।वैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि वैशाख ११ र १२ गते मनोयन हुने भएको छ।निर्वाचन आयोगले शुक्रबार गरेको निर्णयअनुसार दुई दिन मनोनयनको समय दिन लागिएको प्रमुख निर्वाचन आयुक्त दीनेश थपलियाले देश सञ्चारलाई जानकारी दिए।थपलियाका अनुसार उम्मेद्वारको अन्तिम नामावली प्रकाशन वैशाख १६ गते हुनेछ। १७ गते आयोगले उम्मेद्वारलाई चुनाव […]