न्यायाधीशहरुको बहिष्कारपछि प्रधानन्यायाधीशको इजलास शुरु

कर्णाली अनलाइन १० कार्तिक २०७८, बुधबार ०७:३१

काठमाडाैं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा सुनुवाइ सुरु भएको छ । अन्य न्यायाधीशहरूले पेसी बहिष्कार गरिरहँदा बुधबार प्रधानन्यायाधीश जबराले आफू मात्रै रहने पूर्ण इजलास पनि तोकेका थिए । सो इजलासमा प्रधानन्यायाधीश राणाले केहीबेर अघिदेखि सुनुवाइ सुरु गरेका हुन् ।

प्रधानन्यायाधीशले आफ्नै इजलासमा राखेकाे पहिलो मुद्दा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्धको अदालतको अवहेलनासम्बन्धी रहेको छ ।

त्यसैगरी सम्पत्ति शुद्धीकरणसम्बन्धी मधुकुमारी चौधरी विपक्षी रहेको मुद्दा, ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्माबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको मुद्दा, जिल्ला अदालत कास्की विरुद्धको बन्दी प्रत्यक्षीकरणको मुद्दा र कालो बजार तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरमा नेपाल सरकार विपक्षी रहेको रोशन जैसवालले दायर गरेको मुद्दा रहेका छन् ।

अन्य न्यायाधीशहरूले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै इजलास बहिष्कार गरिरहँदा प्रधानन्यायाधीशले आफू मात्रै रहने एकल इजलास तोकेर उनीहरुलाई चुनौती दिन खोजेको जस्ताे देखिन्छ। विगत ३ दिन देखि विवादका कारण सर्वोच्चमा सुनुवाइ अवरुद्ध हुँदै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टिकट नपाउँदा विमानस्थलबाटै फर्किन्छन् बिरामी

१० कार्तिक २०७८, बुधबार ०७:३१
सिमकोट। जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरी स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पुर्‍याइएका एक जना बिरामीले उपचारका लागिका जिल्ला बाहिर जाने टिकट नपाउँदा सोमबार विमानस्थलबाटै फिर्ता भएर सिमकोटमा रोकिनुपरेको छ। जिल्लाको खार्पुनाथ गाउँपालिका-१ प्युस घर भएका दीर्घरोगी ६० वर्षीय वीरजित शाहीले हवाई टिकट नपाउँदा विमानस्थलबाट फिर्ता हुनुपरेको हो। उपचारका लागि छोरा दीर्घ […]