सुर्खेतबाट काठमाडौँतर्फ गइरहेको यात्रुबाहक बस दाङमा दुर्घटना :२९ जना घाइते

कर्णाली अनलाइन ५ मंसिर २०७८, आईतवार ०५:२२

सुर्खेत । पूर्व–पश्चिम राजमार्गकाे नारायणपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन् । सुर्खेतबाट काठमाडौँतर्फ गइरहेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस दाङकाे लमही नगरपालिका वडा नम्बर ३ नारायणपुरमा दुर्घटना भएको हो । बसमा ३९ जना यात्रु सवार रहेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।

घाइतेमध्य तीन जनाकाे अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको भने लमही अस्पतालमै उपचार भइरहेको छ । आइतबार बिहान पौने २ बजेतिर बसको पट्टा भाचिएर दुर्घटनामा परेको हो । घाइतेहरुको पहिचान खुल्न सकेको छैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निमित्तको जिम्मेवारी एआईजी शाहीलाई दिदैँ ,प्रहरी महानिरीक्षक थापा टर्की प्रस्थान,

५ मंसिर २०७८, आईतवार ०५:२२
काठमाडौँ ।इन्टरपोलको बैठकमा सहभागी हुन नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापासहितको टोली टर्की प्रस्थान गरेको छ।उनीहरु आइतबार बिहान टर्कीतर्फ लागेका हुन्। टोलीमा आईजीपी थापासँगै एआईजी प्रद्युम्न कार्की र एसपी सविन प्रधान छन्। आफ्नो अनुपस्थितिमा थापाले निमित्त आईजीपीको जिम्मेवारी बरियताक्रममा दोस्रो नम्बरमा रहेका एआईजी निरजबहादुर शाहीलाई तोकेका छन्। प्रहरी तालिम केन्द्रमा […]

सम्बन्धित शीर्षक