एमाले सांसद मोहन बानिया नेपालगन्ज बिमानस्थलबाट पक्राउ

कर्णाली अनलाइन १६ फाल्गुन २०७८, सोमबार १६:२६

                                                                               बाँके।मुगुका सांसद मोहन बानिया पक्राउ परेका छ्न।बलात्कार आरोपित नेकपा एमालेका सांसद  बानियाँ पक्राउ परेका हुन । सांसद बानियाँलाई सोमबार साँझ नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय  बाँकेले जानकारी दिएको  छ ।

सांसद बानियाँमाथि जुम्लाकी एक ४० वर्षीया शिक्षिकालाई जबरजर्स्ती करणी गरेको आरोपमा बाँके प्रहरी कार्यालयमा गत माघ २७ गते उजुरी दर्ता भएको थियो ।

फागुन ४ गते जिल्ला अदालत बाँकेले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । यद्यपि उनलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । उनी मुगुबाट प्रतिनिधिसभाका समानुपातिक सांसद हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले सांसद बानियाँ निलम्बित हुँदै

१६ फाल्गुन २०७८, सोमबार १६:२६
काठमाडौँ।बलात्कारको आरोपमा पक्राउ परेका नेकपा (एमाले)का सांसद मोहन बानियाँ निलम्बन हुने भएका छन् । सोमबार साँझ नेपालगञ्जबाट पक्राउ परेलगत्तै सांसद बानियाँ निलम्बनमा पर्ने भएका हुन् । ‘माननीयज्यू पक्राउ परेको खबर आएको छ, औपचारिक जानकारी आएपछि संघीय संसदले उहाँको पद निलम्बनमा परेको जानकारी दिनेछ,’ प्रवक्ता रोजनाथ पाण्डेले भने । उनका अनुसार […]

सम्बन्धित शीर्षक