२४ घण्टामा २३ जनामा काेराेना पुष्टि

कर्णाली अनलाइन १३ चैत्र २०७८, आईतवार १२:३६

काठमाडौँ।पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार दुई सय २२ जनाको नमुना परीक्षण गरेकोमा २३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप दुई सय १५ जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा एक हजार पाँच सय ५८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैकाे ज्यान गएकाे विवरण प्राप्त नभएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । यस्तै २४ घण्टामा २४ हजार ६ सय ९१ जनाले काेभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भूकम्पपछि निर्माण गरिएका एकीकृत बस्तीको योजना प्रभावकारी देखिएनः मन्त्री झाँक्री

१३ चैत्र २०७८, आईतवार १२:३६
काठमाडौँ। सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले भूकम्पपछि निर्माण गरिएका एकीकृत बस्तीको योजना प्रभावकारी नदेखिएको बताएकी छन्।उनले सरकारले एकीकृत बस्तीको योजना नीति तथा कार्यक्रममा राखेर अघि बढाएको भए पनि प्रभावकारी नदेखिएको बताएकी हुन्। आइतबार मन्त्रालयमा आयोजित नेपाल पूर्वाधार पत्रकार समाजको कार्य समितिलाई बधाई ज्ञापन गर्दै मन्त्री झाँक्रीले सरकारले भूकम्पपछि एकीकृत बस्तीको […]