प्रचण्डको पत्नी सीता दाहाललाई कोरोना सङ्क्रमण

कर्णाली अनलाइन ९ माघ २०७८, आईतवार ०८:०३

काठमाण्डाै ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा उहाँलाई कोरोना पुष्टि भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

उहाँको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

उहाँको स्वास्थ्य अवस्थामा सुधार भइरहेको पनि सचिवालयले जनाएको छ । केही दिनअघि प्रचण्डलाई पनि कोरोना पुष्टि भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भक्तपुरमा निसासिएर तीन महिने शिशुको ज्यान गयो, बुबाआमा बेहोस

९ माघ २०७८, आईतवार ०८:०३
काठमाण्डौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-४ दधिकोट गाम्चामा निसासिएर तीन महिनाका शिशुको ज्यान गएको छ । शिशुका बुबाआमाको बेहोस अवस्थामा उपचार भइरहेको छ । गाम्चामा भावना थापाको जस्ता पाताले छाएको घरमा डेरा गरी बस्ने रामेछाप मन्थलीका ३० वर्षका अभिषेक रम्तेल र पसुना तामाङका तीन महिनाका छोराको उपचारका क्रममा बिहान ज्यान गएको महानगरीय प्रहरी […]

सम्बन्धित शीर्षक