भक्तपुरमा निसासिएर तीन महिने शिशुको ज्यान गयो, बुबाआमा बेहोस

कर्णाली अनलाइन ९ माघ २०७८, आईतवार ०८:३१

काठमाण्डौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-४ दधिकोट गाम्चामा निसासिएर तीन महिनाका शिशुको ज्यान गएको छ ।

शिशुका बुबाआमाको बेहोस अवस्थामा उपचार भइरहेको छ । गाम्चामा भावना थापाको जस्ता पाताले छाएको घरमा डेरा गरी बस्ने रामेछाप मन्थलीका ३० वर्षका अभिषेक रम्तेल र पसुना तामाङका तीन महिनाका छोराको उपचारका क्रममा बिहान ज्यान गएको महानगरीय प्रहरी प्रभाग भक्तपुरले जनाएको छ ।

गएराति आगो तापेर सुतेका उनीहरु बिहान अबेरसम्म नउठेपछि प्रहरीले बिहान झ्याल फोडेर हेर्दा सबै बेहोस अवस्थामा थिए । बेहोस भएका तीन जनामध्ये शिशुको ज्यान गएको र दुई जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाविरुद्धको खोप अभियानका लागि माघ १५ देखि २० गतेसम्म देशभरका विद्यालय खुल्ने

९ माघ २०७८, आईतवार ०८:३१
काठमाडौं । कोरोनाविरुद्धको खोप अभियानका लागि माघ १५ देखि २० गतेसम्म देशभरका विद्यालय खुल्ने भएका छन्। उक्त अवधिमा पठनपाठन भने नहुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सहायक प्रवक्ता धनबहादुर श्रेष्ठले जानकारी दिए। सहायक प्रवक्ता श्रेष्ठले भने‚ ‘माघ १५ देखि २० गतेसम्म विद्यालयमै खोप लगाउनुपर्ने भएकाले खोल्ने निर्णय भएको छ।’ स्थानीय तहको […]

सम्बन्धित शीर्षक