नेपाल बार एसोसियनको मतदान सुरु

कर्णाली अनलाइन १९ चैत्र २०७८, शनिबार ०७:४१

काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। नयाँ नेतृत्व चयनका लागि शनिबार बिहान आठ बजेदेखि मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ।

देशभरका ३५ स्थानबाट हुन लागेको मतदान अपराह्न ४ बजे सम्पन्न हुने बताइएको छ। प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुने भएको छ।

बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरे र प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको तर्फबाट वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीको समूहविच प्रतिष्पर्धा हुँदैछ।

बारमा अध्यक्षसहित ११ पदाधिकारी र १३ सदस्य गरी २५ जनाको कार्यसमितिका लागि निर्वाचन हुनेछ। निर्वाचनमा नौ हजार ७०८ अधिवक्ता मतदाता रहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देउवा र माेदीले संयुक्त रुपमा गरे जनकपुर–जयनगर रेल सेवाकाे उद्घाटन

१९ चैत्र २०७८, शनिबार ०७:४१
काठमाडौँ।जनकपुर–जयनगर रेलकाे उद्घाटन भएकाे छ । भारतकाे तीन दिने भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रुपमा रेल सेवाकाे उद्घाटन गर्नुभएकाे हाे । भर्चुअल माध्यमबाट रेल सेवाकाे उद्घाटन भएकाे हाे । आज उद्घाटन भएसँगै अब भोलिदेखि रेल नियमित रुपमा चलाउने तयारी छ । दिनको दुईपटक जयनगरबाट रेल […]