सुर्खेतवासीले गरे नेपथ्यको सातौं प्रदर्शनलाई भव्य स्वागत

कर्णाली अनलाइन ७ पुष २०७९, बिहीबार २१:३६

सुर्खेत।तराईका फाँटहरुबाट उक्लेर थोरै माथि कर्णाली प्रदेश आइपुगेको नेपथ्यलाई वीरेन्द्रनगर सुर्खेतका वासिन्दाले ठूलो उपस्थितिका साथ भब्य स्वागत गरेका छन्। ‘मानवताका लागि संगीत’ अभियानका साथ विशाल टोली लिएर मुलुकको यात्रामा निस्केको लोकरक ब्याण्ड नेपथ्यको यस श्रृंखलाकै यहाँ सातौं प्रस्तुति थियो ।

बुधबार बेलुकी चार बजेदेखि गेट खुला भएदेखि छ नबज्दै स्थानीय खुलामञ्चमा दर्शकहरुको उल्लेख्य उपस्थिती जुटिसकेको थियो । घडीको सुइले ठीक छ बजाउनेबित्तिकै मञ्चमा नेपथ्यका म्यूजिक भिडियो बज्नथालेका थिए। अघिल्लोपटक धनगढीमा जस्तै यहाँ पनि ब्याण्डले पहिलो गीतका रुपमा ‘आँगनै भरि’बाट दर्शकहरुलाई स्वागत गर्‍यो। यो गीत नेपथ्यको आफ्नै इतिहासमा पनि पहिलो रचना थियो । स्थापनाकालीन गीत प्रस्तुत गरिरहँदा मञ्चको पृष्ठभूमिमा स्थापनाकालीन नेपथ्यकै टोलीका तस्बिरहरु देखाइएको थियो । गीत अघि बढ्दै जाँदा ब्याण्डले बितेका ३३ वर्षमा गरेको यात्राका झलक आउनेगरि दृश्यहरुको संयोजन गरिएको थियो ।

पहिलो गीतमा साथसाथै गाएर सघाएका दर्शकहरुले त्यसपछि अर्को सर्वकालीक हिट गीत ‘भेँडाको ऊनजस्तो’ प्रस्तुत गर्दा उफ्रन सुरुगरेको देखिन्थ्यो । ब्याण्डको अर्को पुरानो लोकप्रिय गीत ‘छेक्यो छेक्यो देउराली डाँडा’ गाउँदा त्यो उत्साह अझ बढ्न पुग्यो ।

‘हामीलाई सुन्न यहाँ उपस्थित हुनुभएका तपाइ सबैजनालाई स्वागत छ,’ अमृतले त्यसपछि गीतको साटो संवादको थालनी गरे, ‘हामी बीच यसरी भेटघाटको जोग जुराइदिने आयोजक मानवसेवा आश्रमलाई धेरै धेरै धन्यवाद छ है।’

कर्णाली प्रदेशको राजधानी यो सहरमा नेपथ्य १५ वर्षपछि प्रस्तुत भएको हो । यसअघि ‘शान्तिको लागि शिक्षा’ अभियान लिएर ब्याण्ड सुर्खेत आएको थियो । त्यतिबेला भने नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्रांगणमा कन्सर्ट आयोजित थियो ।

खुलामञ्चमा दर्शकको लागि भनेर लगाइएको घेराभित्र नअटेर बाहिर बाहिर पनि दर्शक देखिन थालेका थिए । ब्यापक उपस्थितीले सम्पूर्ण माहोल सुरुदेखि उत्साहपूर्ण बनेको थियो ।

‘यति लामो अन्तरालपछि नेपथ्य यहाँ आएको छ,’ अमृतले भने, ‘तपाइहरुले यस्तरी माया गर्नुहुन्छ भन्ने थाहा भइदिए अलि पहिल्यै आउने थियौं।’

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पत्रकार महासंघको केन्द्रीय साधारण सभा सुर्खेतको सिटी हलमा, राष्ट्रपतिद्धारा उद्धाटन गर्न

७ पुष २०७९, बिहीबार २१:३६
सुर्खेत । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाका लागि तिव्र तयारी भइरहेको छ । यही पुस ८ र ९ गने कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा गर्न लागिएको साधरण सभाका लागि सभा हल, होटेल, व्यवस्थापनदेखि प्रचार–प्रसारको काम तिव्र गतिमा भइरहेको हो । पत्रकार महासंघका केन्द्रीय सदस्य एवं दीपेन्द्र शर्माले देशभरबाट आउने पत्रकारहरुका लागि […]

सम्बन्धित शीर्षक