पत्रकार महासंघको केन्द्रीय साधारण सभा सुर्खेतको सिटी हलमा, राष्ट्रपतिद्धारा उद्धाटन गर्न

कर्णाली अनलाइन ७ पुष २०७९, बिहीबार २२:२८

सुर्खेत । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाका लागि तिव्र तयारी भइरहेको छ । यही पुस ८ र ९ गने कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा गर्न लागिएको साधरण सभाका लागि सभा हल, होटेल, व्यवस्थापनदेखि प्रचार–प्रसारको काम तिव्र गतिमा भइरहेको हो ।

पत्रकार महासंघका केन्द्रीय सदस्य एवं दीपेन्द्र शर्माले देशभरबाट आउने पत्रकारहरुका लागि वीरेन्द्रनगरका २२ वटा होटेलहरुको व्यवस्थापन गरिएको बताए । साधारण सभामा झण्डै ७ सय बढी पत्रकारहरुको सहभागिता हुने बताइएको छ । साधारण सभाको तयारीका लागि मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको छ । महासंघको सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले कार्यक्रमको तयारीमा कुनै कमी हुन नदिने बताए ।

महासंघले सहभागि हुनेहरुका लागि चार छाक खान, बस्नको व्यवस्थापन गरेको छ । महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले ६७ बर्ष लामो इतिहासमा पहिलो पटक कर्णाली प्रदेशमा साधार सभा हुन् लागेको बताए । उनका अनुसार साधारण सभाको लागि आर्थिक दायित्व केन्द्रीय समितिले नै गरिरहेको छ । साधारण सभाका लागि कर्णाली प्रदेश सरकारले १७ लाख बजेट दिने निर्णय गरेको छ भने केन्द्रीय सरकार समक्ष पनि बजेटको माग गरिएको उनले बताए ।

साथै सुर्खेत जिल्लाका सबै स्थानीय तह र सुर्खेत उद्योग वाणिज्य संघलाई पनि आर्थिक सहयोगको माग गरिएको छ । यद्यपि अहिलेसम्म प्रदेश सरकार बाहेकका कुनैपनि निकायबाट बजेटबारे निर्णय भइसकेको छैन ।महासंघका केन्द्रीय महासचिव रोशन पुरीले साधारण सभाको तयारी तिव्र गतिमा भइरहेका बताए । उनका अनुुसार कार्यक्रममा वैदेशिक शाखादेखि पत्रकारसँग सम्बन्धीत सम्पुर्ण शाखाहरुबाट प्रतिनिधिहरु सहभागी हुने छन् । कार्यक्रमको प्रमुख अतिथीको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत आउनेछिन् । यस्तै सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की, कांग्रेस उपसभापति पुर्णबहादुर खड्का, एमाले महासचिव शंकर पोखरेल, नेमपा (माओवादी केन्द्र) बाट कृष्ण महरा, कर्णाली सरकारका मुख्यमन्त्री जीवन बहादुर शाही र कर्णालीका विभिन्न पालिकाका प्रमुखहरुलाई अतिथीको रुपमा सहभागिता जनाउने छन् ।

पुरीले ८ गते विहान ८ बजे वीरेन्द्रनगरको मंगलगढी चोकदेखि प्रभात सुरु हुने ९ बजे उद्घाटन कार्यक्रम राखिएको छ । साधार सभा वीरेन्द्रनगरको सिटी हलमा आयोजना गरिएको छ । खाना खाईसकेपछि बन्दसत्र सुरु गरिने छ । कार्यक्रमका लागि देशभरका पत्रकारहरु ७ गते बेलुका सुर्खेत आइपुग्ने छन् भने महासंघको केन्द्रीय समितिको बैठक पनि ७ गते वीरेन्द्रनगरमै बस्ने छ । महासचिव पुरीले महासंघको विगतदेखि भइआएका गतिविधि र महासंघले आगामी दिनमा गर्नुपर्ने कार्य योजनाको बारेमा वृहत छलफल गरिने छ । यस्तै साधारण सभाको अवसर पारेर कर्णाली प्रदेशमा महत्वपुर्ण स्थानहरुको फोटो पर्दशनी समेत गरिने कार्यक्रम राखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतको पञ्चपुरीमा गाडी दुर्घटना हुँदा ६ जना घाइते

७ पुष २०७९, बिहीबार २२:२८
सुर्खेत । जिल्लाको पञ्चपुरी नगरपालिकामा फोर्स गाडी दुर्घटनाहुँदा ६ जना घाइते भएका छन्। शुक्रबार बिहान पञ्चपुरी नगरपालिका–२ सिरी चौरमा गाडी दुर्घटनामा परेको हो। पञ्चपुरी–५ बाबियाचौरबाट सुर्खेतका लागि छुटेको काँक्रेबिहार समितिको कर्णाली प्रदेश ०२००१ ख ०१६१ नम्बरको फोर्स गाडी अनियन्त्रित भई दुर्घटनामा परेको हो।जिल्ला प्रहरी कार्यलय सुर्खेतका अनुसार गाडी सडकबाट २ मिटर […]