प्रदेश सरकारलाई एसईईकाे जिम्मा दिने गरी कानुन बनिरहेकाे छ : बाेर्ड अध्यक्ष शर्मा

कर्णाली अनलाइन २७ माघ २०७८, बिहीबार १०:१५

काठमाडौँ।राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले माध्यमिक शिक्षा परीक्षा (एसईई) गर्ने जिम्मा प्रदेश सरकारलाई दिने गरी कानुन बनिरहेकाे बताउनुभएको छ ।

आज बिहीवार शिक्षा पत्रकार नेपाल (इजोन) ले काठमाण्डाैमा आयोजना गरेको परीक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले एसईई गर्ने जिम्मा प्रदेश सरकारलाई दिने गरी कानुन निर्माण गरिरहेको बताउनुभएको हो । उहाँले ऐनमा व्यवस्था नभइ सबै कुरा प्रदेश सरकारलाई दिन कानुनतः अप्ठ्याराे भएको उल्लेख गर्दै सरकारले प्रदेशलाई अधिकार दिने कानुन पारित गरे प्रदेशले नै एसईई बताउनुभयो ।

अध्यक्ष शर्माले प्रदेश सरकारले त्याे अधिकार पाएमा प्रदेशले उत्तरपुस्तिका परीक्षण गरिसकेपछि आफ्नो समयअनुसार नतिजा प्रकाशन गर्न सक्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘एसईईकाे सन्दर्भमा स्थानीय तहबाट दिने भन्ने कुराहरू विगतमा पनि आएका थिए, त्यो भनेको कक्षा १० को परीक्षा प्रादेशिक स्तरबाट लिने भन्ने हो । हामीले कसरी कक्षा १० को परीक्षा प्रादेशिक स्तरबाट सञ्चालन गर्न सकिन्छ, प्रदेशले जिम्मेवारी लिन सक्छ भन्ने लाइनमा गृहकार्य गर्नलाई नीतिगत रूपमा र नियममा के परिवर्तन गर्न सकिन्छ भन्ने हिसाबबाट त्यो प्रक्रियालाई अघि बढाएका छौँ । प्रदेशले पनि राष्ट्रिय परीक्षा बोर्डको निर्देशनअनुसार काम गर्न तयार रहेको कुरा गरेको छ । प्रदेश सरकारले परीक्षा सञ्चालन भइसकेपछि उत्तरपुस्तिका जिल्लामा पठाउने, केन्द्रका कुरालाई समन्वय गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, परीक्षणपछि टेबुलेशन गर्ने, परीक्षण गराउने र नतिजा प्रकाशन गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डमा पठाउने काम गर्नेछ । ’

अध्यक्ष शर्माले यस पटकको एसईईमा दुई हजार वटा केन्द्र रहने र ११ हजार बढी विद्यालयले भाग लिने बताउनुभयो । बोर्डले झन्डै पाँच लाख विद्यार्थी यस पटकको एसईईमा उपस्थित हुन सक्ने अनुमान गरेको उहाँले बताउनुभयो । अध्यक्ष शर्माले कक्षा १२ को परीक्षाको समय तालिका पनि केही दिनभित्रै सार्वजनिक गर्ने बोर्डको तयारी रहेको जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शेयर बजार आज पनि घट्याे, ३ अर्ब ८२ कराेड रुपैयाँकाे काराेबार

२७ माघ २०७८, बिहीबार १०:१५
काठमाडौँ।शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ । हिजो बुधवार २२ अङ्कले घटेको शेयर बजार आज बिहीवार ११ दशमलव ९६ अङ्कले घट्दै दुई हजार आठ सय एक दशमलव ५६ विन्दुमा झरेको छ । आज व्यापार, अन्य र म्याुचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा निर्जीवन बीमा, माइक्रोफाइनान्स, विकास बैंक […]

सम्बन्धित शीर्षक