कालिकोटको मान्म शाखाद्धारा वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्वन्धी कार्यक्रम सम्पन्न

कर्णाली अनलाइन ६ पुष २०७८, मंगलवार ११:३८

दान बहादुर खत्री

कालिकोट।जिल्लाको सदरमुकाममा वित्तीय सारक्षरता तथा डिजिटल बैँकिङ सम्वन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।मंगलबार ग्लोबल आइएमई बैंक मान्म शाखाको आयोजनामा कालिकोटको सरदमुकाम मान्म बजारमा वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन भएको हो ।

‘आफना ग्राहकहरुलाई बैंकिङ प्रणालीमा ल्याइएको विभिन्न प्रविधिहरुको बारेमा जानकारी गराउन र पैसालाई कसरी सदुपयोग गर्ने भन्ने जानकारी दिन वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्वन्धी अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको ग्लोवल आइएमई बैंक मान्म शाखाका शाखा प्रवन्धक निशान भट्टराईले जानकारी दिनुभयो।

बैंकको बारेमा जानकारी दिदैँ ग्लोवल आइएमई बैंकको कर्णाली प्रदेश प्रमुख विष्णु अर्यालले ‘जमाना अनुसार ग्लोबल आइएमई बैकले प्रविधिलाई अवलम्बन गरेकाले यसको उच्चतम प्रयोग गर्ने आग्रह समेत गर्नुेभयो।समयको समेत बचत हुने भएकाले प्रविधिको अधिकतम प्रयोग गरी जीवनस्तर सहज बनाउन उहाँको सुझाव छ’।

कार्यक्रममा ग्लोवल आइएमई बैंक केन्द्रिय कार्यालयका रेमिटान्स प्रमुख स्वेच्छा राणाले ‘डिजिटल कारोबार कसरी गर्ने? के कुरामा ध्यान दिनुपर्छ?आफनो कारोबार कसरी सुरक्षीत गर्ने ?भन्ने विषमा जानकारी गराउनुभएको थियो’।

कार्यक्रममा ग्लोवल आइएमई बैंक केन्द्रिय कार्यालयका कार्ड विभागका प्रतिनिधी अमित खड्काले कार्यक्रममा सहभागीहरुलाई मोवाईल बैंकिङ ईन्टरनेट बैकिङ क्युआर कोड,मिस्डकल बैकिङ,स्मार्ट कार्ड(डेबिट /क्रेडिट)लगाएतको बारेमा जानकारी गराउनु भएको  थियो। डिजिटल कारोबार र यसको उपयोगिताका बारे जानकारी दिदैँ खल्तीमा बोकेर हिँडने परिपाटीको अन्त्य गर्नुपर्ने बताउनु भयो।पैसा साथमा बोक्दा नोटको अवमुल्य हुने भन्दै राणाले डिजिटल कारोबारलाई बढावा दिन आग्रह समेत गर्नुभयो।

अनुशिक्षण कार्यक्रमका ग्लोवल आइएमई बैंकका ग्राहकहरु ,व्यापारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारीहरु, पत्रकारको उपस्थिति रहेको थियो।सहभागीहरुले डिजिटल बैंकिङ प्रणालीका विषयमा विविध प्रश्न गरेका थिए। वित्तीय सारक्षरता तथा डिजिटल बैँकिङ सम्वन्धी अनुशिक्षण कार्यक्रम होटल चन्द्रसुर्यमा  सम्पन्न  भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साधारण सदस्यसमेत नरहने गरी मिलन पाण्डे विवेकशीलबाट निष्काशित

६ पुष २०७८, मंगलवार ११:३८
काठमाडौँ।विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ।पार्टीमा गम्भीर क्षति पुर्‍याउने गरी बदनीयतपूर्ण ढंगले पार्टी विधान र केन्द्रीय कमिटीका निर्णयहरु विपरीत निरन्तर गतिविधि गरेको भन्दै पार्टीबाट निष्काशन गरिएको विवेकशील साझाले जनाएको छ। पुस ४ गतेसम्मको समय दिएर लिखित स्पष्टिकरण गरिएकोमा एक दिन ढिलो जवाफ […]