एनएमबि चौरजहारी शाखा कार्यालयद्धारा वित्तिय साक्षरता तथा पुर्नताजकीकरण

कर्णाली अनलाइन ३० माघ २०८१, बुधबार १८:४७


पश्चिम रुकुम। जिल्लाको चौरजहारी नगरपालिका वडा न १ मा रहेको एनएमवि लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय चौरजहारीले ग्राहक केन्द्रित वित्तिय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सन्चालन गरेको छ ।चौरजहारी शाखा कार्यायलले पुस १६ गते देखि हाल सम्म उक्त कार्यक्रम सन्चालन गर्दैँ आइरहेको छ ।

उक्त नगरपालिका वडा न. ३ मा रहेको एन्एमबी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय चौरजहारिले केन्द्र नम्बर ४१ र ९७ मा छुट्टाछुट्टै ग्राहक सरक्षण अन्तर्गत सम्पती तथा बचत कारोवारमा निहित जोखिम, जोखिम न्यानिकरण र जोखिम न्युनिकरणको लागि सस्थाले गरिरहेको कार्यमा केन्द्रित वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ।उक्त कार्यक्रममा ग्राहक सदस्य र अभिभावक गरि केन्द्र न ४१ मा १९ र केन्द्र न ९७ मा ३९ जनाको उपस्थिति रहेको थियो ।

उक्त अभियानमा कर्जाको आवश्यकता ,बचत को प्रकार,बचत तथा कर्जाको फाईदा तथा बेफाइदा ,कर्जा लिदा ध्यान दिनपर्ने कुराहरु,कर्जा सदुपयोगिता,बिमा, सेवा ,पासबुकको प्रयोग , एम पासबुकको महत्त्व र फाईदा, नगद जम्मा भौचरको महत्त्व , केन्द्र प्रमुखको भुमिका तथा केन्द्र संचालन लगाएत विषयमा सचेतनामुलक कार्यक्रम गरिएको र कार्यक्रमले ग्राहक माझ वित्तीय चेतना बढेको शाखा कार्यालय चौरजहारिका शाखा प्रबन्धक टीकाराम परियारले जानकारी दिनु भयो।उक्त कार्यक्रममा केन्द्रीय कार्यालय कर्जा विभागमा कार्यरत प्रकाश रावल ,शाखा कार्यालय चौरजहारिका कर्मचारी कौशिला कुमारी बढाथोकी र शान्ती गिरिको उपस्थित रहेको थियो ।

उक्त नगरपालिकामा वडा न। १,२,३,४ ,५,६ र सल्यान र जाजरकोटको केही क्षेत्रका करिब १४०० भन्दा धेरै घरधुरिलाई सेवा दिदै आएको यस एनएमबि लघुवित्त वित्तिय संस्था लि। शाखा कार्यालय चौरजहारिले रुकुम जिल्लाको चौरजहारी नगरपालिका, जाजरकोट जिल्लाको सानोभेरी नगरपालिका र सल्यान जिल्लाको कुमाख गाउँपालिकामा आफ्नो कार्य क्षेत्र बनाएर कार्य गर्दै आएको छ ।

गण्डकी प्रदेशको पोखरा महानगरपालिका वडा न ८ न्यूरोड कास्कीमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले ७ वटै प्रादेशिक कार्यालय स्थापना गरी ६८ जिल्लामा १४८ वटा शाखा विस्तार गरी करिव एक लाख तिस हजार विपन्न घरपरिवारलाई लघुवित्तले सेवा प्रदान गदैँ आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुकुम पश्चिममा लघुउधमीहरुको पहिलो रोजाईमा एनएमबि लघुवित्त

३० माघ २०८१, बुधबार १८:४७
पश्चिम रुकुम। जिल्लामा विभिन्न वित्तिय संस्थाहरु रहेका छन तर लघुउधममीहरुको पहिलो रोजाईमा भने एनएमबि  लघुवित्त  रहेको छ ।जिल्लामा ४ वटा शाखा कार्यालय संन्चालन गदैँ आएको एनएमवि लघुवित्त वित्तिय संस्था लि. सवैको रोजाईमा परेको हो । एनएमबि  लघुबित्त वित्तिय संस्था लि.चौरजहारी नगरपालिका वडा न ११ मा रहेकोे शाखा कार्यालय खोलागाँउले केन्द्र […]