तीन वर्षमा कर्णाली प्रदेशभर एक हजार बढी सवारी दुर्घटना

कर्णाली अनलाइन ८ श्रावण २०७९, आईतवार २०:०१

सुर्खेत । तीन वर्षमा कर्णाली प्रदेशभर एक हजार बढी सवारी साधन दुर्घटनामा परेका छन् । कर्णाली प्रदेश ट्रफिक कार्यालयकाअनुसार आर्थिक वर्ष २०७६/०७७ मा दुई सय ६३, आर्थिक वर्ष २०७७/०७८ मा तीन सय २९ र आर्थिक वर्ष २०७८/०७९ मा चार सय ८१ गरेर जम्मा एक हजार ८३ वटा सवारी साधन दुर्घटनामा परेका छन् ।

तीन वर्षमा २९ वटा माईक्रो फोर्स दुर्घटना परेका छन् । ट्रक आर्थिक वर्ष २०६७/०७७ मा २१ वटा, ०७७/०७८ मा ४० र ०७८/०७९ मा ३१ गरेर तीन वर्षमा ९२ वटा दुर्घटनामा परेका छन् ।

तीन वर्षमा टिपर २३ वटा मात्रै दुर्घटना परेका छन् भने ८३ वटा अटो दुर्घटनामा परेका परेका छन् । तीन वर्षमा दुर्घटनामा पर्ने भनेका सबै भन्दा धेरै मोटरसाइकल रहेका छन् । आर्थिक वर्ष २०६७/०७७ मा ९९, २०७७/०७८ मा एक सय १८ र आर्थिक वर्ष २०७८/०७९ मा दुई सय १० गरेर जम्मा चार २७ वटा मोटरसाइक दुर्घटनामा परेका हुन् ।

यस्तै, तीन वर्षमा बस ८९ वटा, जिपकार एक सय ६६ वटा, ट्रयाकटर एक सय ४६, सार्वजनिक सवारी चार र अन्य १४ वटा सवारी दुर्घटनामा परेका छन् ।

आर्थिक वर्ष २०७६/०७७ र ०७७/०७८ मा सबै भन्दाभन्दा बढी सवारी दुर्घ ०७८/०७९ मा भएका छन् भने सबै भन्दा कम सडक दुर्घटना ०७६/०७७ मा देखिन्छ । आर्थिक वर्ष ०७६/०७७ भन्दा ०७७/०७८ मा ५५ प्रतिशतले दुर्घटना बढेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०७७/०७८ भन्दा ०७८/०७९ मा १२ प्रतिशत बढी सवारी दुर्घटना भएका छन् ।

ट्रफिक प्रहरीकाअनुसार आर्थिक वर्ष ०७६/०७७ मा कोराना भाईरसको कारणले भएको लकडाउनले सवारी साधन कम चल्दा दुर्घटना घटेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अब कैदीबन्दीले सन्तान जन्माउन पाउने, भाग्न खोजे थप सजाय

८ श्रावण २०७९, आईतवार २०:०१
काठमाडौँ।यसअघिको मूल कानूनमा थप परिमार्जनसहित प्रतिनिधि सभाबाट कारागारसम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ । कैदीलाई प्रजनन अधिकार, बिरामी कैदीलाई पौष्टिक आहारा, खुला कारागार लगायतका नयाँ प्रावधानसहितको विधेयक पारित भएको हो । २०७६ मंसिर २९ गते दर्ता भएर २०७६ फागुनदेखि राज्य व्यवस्था तथा सुशासन समितिमा […]