राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने १७ गते सुर्खेत आउँदै

कर्णाली अनलाइन १४ श्रावण २०७९, शनिबार १२:३५

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुर्खेत आउन लागेका छन् । पार्टीको कर्णाली प्रदेश भेलालाई सम्बाेन्धन गर्न लामिछाने यहीँ साउन १७ गते सुर्खेत आउन लागेका हुन् । सुर्खेत आउन लागेका लामिछानेले वीरेन्द्रनगरस्थित सिटी हलमा आयाेजि‍त भेलालाई सम्बाेन्धन गर्ने कार्यतालिका छ ।

उनले पार्टिको आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘भ्रष्टाचारले गलेको स्थितिलाई सत्कर्मले ठड्याउनु छ । सिंहदरबारलाई जन-दरबार बनाउनु छ । अब घाम अस्ताउने होइन, परिवर्तन उदाउने कर्णाली बनाउनु छ । यो कठिन तर सम्भव यात्रामा सधैं यसरी नै साथ दिइरहनुहोला । परिवर्तन हाम्रै पालामा सम्भव छ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चितुवाको आक्रमणबाट वृद्ध घाइते

१४ श्रावण २०७९, शनिबार १२:३५
बैतडी- चितुवाको आक्रमणबाट आज एक वृद्ध घाइते भएका छन्। घाइते हुनेमा जिल्लाको मेलौली नगरपालिका- २ कोटका ७० वर्षीय गणेशबहादुर चन्द रहेका छन्। चन्दलाई घर नजिककैको बारीमा आक्रमण गरेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए। शनिबार बिहान चन्दको खोरबाट खसी लगेको चितुवा नजिकैको बारीमा दुम्सीका लागि थापेको पासो फसेको थियो।  […]