एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईँ पार्टीबाट निष्कासित

कर्णाली अनलाइन १३ फाल्गुन २०७९, शनिबार १२:१८

काठमाडौँ । नेकपा एमालेले व्यापारीसमेत रहेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई पार्टीबाट निष्कासन गरेको छ । बिहान केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले प्रसाईँलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

राजतन्त्र पुनःस्थापनाका लागि अभियान सञ्चालन गरेसँगै एमालेमा उनलाई कारबाही गर्नुपर्ने आवाज उठेको थियो । एमालेले औपचारिक निर्णय गर्नुअगावै प्रसाईँले एमाले त्यागेको घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रपति निर्वाचन: सुवास नेम्वाङले गराए मनाेनयन दर्ता

१३ फाल्गुन २०७९, शनिबार १२:१८
काठमाडौँ।नेकपा एमालेले अघि सारेको राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङले मनोनयन दर्ता गराएका छन्।पार्टीका उपाध्यक्षसमेत रहेका नेम्बाङले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन्। नेम्वाङकाे प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकमा योगेश […]