राष्ट्रपति निर्वाचन: सुवास नेम्वाङले गराए मनाेनयन दर्ता

कर्णाली अनलाइन १३ फाल्गुन २०७९, शनिबार १३:३०

काठमाडौँ।नेकपा एमालेले अघि सारेको राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङले मनोनयन दर्ता गराएका छन्।पार्टीका उपाध्यक्षसमेत रहेका नेम्बाङले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन्।

नेम्वाङकाे प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन्।

मुलुकको राष्ट्राध्यक्षका रूपमा रहने राष्ट्रपति पदको निर्वाचनका लागि यही फागुन २५ गते बिहान १० देखि ३ बजेसम्म मतदानको समय तोकिएको छ।राष्ट्रपति निर्वाचन फागुन २५ गते हुँदैछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रपतिमा रामचन्द्र पौडेलले गरे उम्मेदवारी दर्ता

१३ फाल्गुन २०७९, शनिबार १३:३०
काठमाडौँ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।शनिबार दिउँसो नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्। पौडेलले आठ दलीय गठबन्धनका साझा उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका हुन्। उनलाई नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), […]